गीतकार गोबिन्द प्रसाद उपाध्यायको “सत्यता -२ ” बजारमा (मङ्सिर २७ ,२०७१- काठमाडौं)

इनेप्लिज २०७२ साउन २० गते १२:१४ मा प्रकाशित

unnamedपहिलो एल्बम ‘सत्यता’ को सफलताबाट प्रेरणा पाएर  गितकार गोबिन्द प्रसाद उपाध्याय ले  दोश्रो एल्बम ‘सत्यता – २’  बजारमा ल्याउनु भएको छ । ‘सत्यता २’ मा गीतकारउपाध्यायका सात वटा गीत छन् । जसलाई अन्जु पन्त, मनोज राज, शिव परियार, आस्था राउत, निखिता थापा, राज सिग्देल, पुष्पन प्रधान र युबराज चौलागाईंले स्वर भरेका छन्। हरि लम्सालको एकल संगीत रहेको यस एल्बमका सात वटै गीत यतिबेला स्रोताको रोजाइमा छन्। म्युजिक नेपालले यस एल्बम को बजार ब्यवस्थापन र बितरण गरेको छ।

unnamed (2)उनको  पहिलो एल्बम ‘सत्यता’ले तिन पटक ‘एल्बम अफ द इयर’को पुरस्कार पाइसकेको छ । गीतकार संघ नेपाल, सँगीत निर्देशक संघ र लोकसंचारकर्मी सँघबाट सम्मानितउपाध्यायले उपराष्ट्रपति परमानन्द झाबाट विशेष सेवा सम्मानसमेत पाइसक्नुभएको छ । आफ्नो बैंकिङ करिअरको लगभग १३ वर्षको अवधिमा नै मुलुकको राष्ट्रियस्तरकोविकास बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल भैसकेका बैंकर गोविन्द उपाध्याय हाल एपेक्स डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

unnamed (3)वि.सं. २०३० सालमा स्याङजा जिल्लाको पुतलीबजारमा जन्मिएका उपाध्यायले आफ्नो विद्यालय शिक्षा भारतबाट लिएका हुन् भने, त्यसपछिको शिक्षा नेपालबाट नै लिएका हुन् ।त्यसपछि युनिभसिर्टी अफ क्यालिफोनिया अमेरिकाबाट  पोष्ट ग्रेजुएसन सटिफिर्केट ईन म्यानेजमेन्टको डिग्री प्राप्त गरेर शुरुमा कान्तिपुर पब्लिकेसनमा बजार व्यवस्थापककोरुपमा जागिर समेत गरेको थिए । त्यसपछि बैंकिङ क्षेत्रमा लागेका उपाध्याय बैंकिङ पेशासँगै संगातिक क्षेत्रमा पनि सक्रिय भए । उनी पछिल्लो एक वर्षदेखि दुबै क्षेत्रलाइ समयदिइरहेका छन् । प्रतिवद्धता, समर्पण र त्यागलाई सफलताका सुत्र मान्ने उपाध्याय जति बैंकिङ क्षेत्रमा सफल छन् त्यति नै सांगीतिक क्षेत्रमा पनि सफल भइरहेका छन् ।

unnamed (4) बिक्रम सम्बत २०४६ साल देखि नै गित लेखन शुरु गरेका उपाध्यायको एक वर्ष अगाडि एकल एल्बम सत्यता बजारमा आएपछि सक्रियता निकै बढेको छ । यस एक वर्षकोअवधिमा उनका विभिन्न एल्बम तथा चलचित्रमा गरि ४० भन्दा बढि गीतहरु रेकर्ड भैसकेका छन्। गत साल वहाँको तीज को गीत ” आमाले दिएको यो रातो फरिया ” पनि निकैचर्चित बन्यो ।

unnamed (5)गत साल सार्वजनिक गरिएको “सत्यता “को स्वर्गीय आलोक नेम्वाङ ले  निर्देशन गर्नु भएको विडिओ तथा अन्जु पन्त  ले स्वर दिनु भएको कहिले मिलन कहिले बिछोड कथाजिन्दगीको’ बोलको गित  निकै चर्चित रयो।  जसमा बिक्रम थापा को संगीत र टन्क बुढाथोकीको संगीत सम्योजन रहेको थियो ।  गीतकार संघ नेपालको हालै सम्पन्न अधिबेशनलेउपाध्यायलाई कोषाध्यक्ष पदमा निर्बिरोध निर्वाचित गरेको छ।

unnamed (6)अन्त्यमा वहाँ सबै लाई आफ्नो सफलता लागि सबैलाई आभार ब्यक्त गर्नु हुन्छ र भन्नु हुन्छ  पहिले म सञ्चारकर्मीहरुलाई विशेषत ः धन्यबाद दिन चाहान्छु । मलाई आजगोविन्दप्रसाद उपाध्याय भनेर चिनाउन उहाँहरुको कलमले लेख्ने गरेको छ । यससँगै मेरा दर्शक, श्रोतालाई पनि धन्यबाद दिन चाहान्छु । अर्कोतर्फ  बैंकका शेरयधनी, सञ्चालक,ग्राहक लगायत कर्मचारी सबैप्रति वहाँ  आभारी ब्यक्त गर्नु हुन्छ  ।

unnamed (1)

प्रतिक्रिया