बढ्दो दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक अभियान सुरु
म्याग्दी, २० साउन । बढ्दो दुर्घटना न्यूनीकरण गर्न अनेरास्ववियु म्याग्दीले तीनदिने ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरेको छ । उक्त अभियानको एक कार्यक्रमबीच मङ्गलबार शुभारम्भ गरिएको छ ।
मानवीय कमजोरीकै कारण धेरैजसो सवारी दुर्घटना निम्तने भएकाले जनसमुदायमा ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको अनेरास्ववियु म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।
अभियानको शुभारम्भ गर्दै नेकपा (एमाले) म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले साँघुरा सडकमा ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढेको बताउँदै सडकमा सवारी चलाउने र पैदलयात्रा गर्ने दुबैलाई जनचेतना जगाउन अभियानबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
‘‘सवारी दुर्घटनामा सानो कमजोरीले ठूलो क्षति हुने गर्छ, चालक र सर्वसाधारणले सावधानी अपनाउन सके सम्भावित दुर्घटना हुनबाट जोगिन सकिन्छ, यसका लागि ट्राफिक नियमको पूर्ण रुपमा पालना हुन जरुरी छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख रामचन्द्र क्षत्री, नेकपा (एमाले) म्याग्दीका सचिव बालकृष्ण सुवेदी, सचिवालय सदस्य एवम् विद्यार्थी इन्चार्ज दीपक कार्कीलगायतले सहरी क्षेत्रमा बढ्दो जनघनत्व, साँघुरा सडक र तीव्र गतिमा सवारी चलाउने जस्ता कारणले सवारी दुर्घटना बढ्ने गरेको भन्दै सडक अनुशासनको पालना गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
प्रतिक्रिया