दुई सुरक्षाकर्मी निलम्बन

इनेप्लिज २०७२ साउन २० गते ३:१० मा प्रकाशित

रौतहट, २० साउन । जिल्लाको हजमिनिया गाविसमा मादक पदार्थ सेवन गरी स्थानीय सर्वसाधारणलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई सुरक्षाकर्मीलाई निलम्बन गरिएको छ ।

हाल इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुर दरबन्दी भएका प्रहरी जवान सर्वजित सिंह राजपुत र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (विओपी) औरैया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी अमरजित सिंह राजपुतलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनीहरुले केही दिनअघि मादक पदार्थ सेवन गरी हजमिनिया–८ बस्ने ४५ वर्षीय बलदेव साह कानू, रामनाथ साह कानू, गीता देवी, शोभा देवी र अमोद साह कानूलाई गालीगलौज एवम् महिलालाई लछारपछार गरी कुटपिट गरी अमर्यादित व्यवहार गरेका थिए । पक्राउ परेका दुवै जनामाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया