एनइसीसीका स्वयंसेवक सम्मानित

इनेप्लिज २०७२ साउन १९ गते ९:२५ मा प्रकाशित

DSC07909

विल्सभिल, मेरिल्याण्ड

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी) ले अगष्ट २ तारिकआइतबारका दिन विल्सभिल मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिर परिसरमा एक समारोहकोआयोजना गरी संस्थाका दाता एवम् स्वयंमसेवकहरुलाई सम्मान गरेको छ । सोहीदिनसंस्थाले लामो समय पछाडि प्रकाशित संस्थाको स्मारिका नमस्ते, मासिक बुलेटिन र सुधारगरिएको वेभसाइटलाई पनि सार्वजनिक गरिएको थियो । अमेरिकाका लागि नेपालकाराजदुत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाईविभिन्न चरणमा पुरा गरिएको थियो । पहिलो चरणमा योगा गुरु किशोर जोशीद्धारा१५ जना प्रशिक्षार्थीलाई योगको प्रशिक्षण गरिएको थियो । यो योगाकार्यक्रमको उद्घाटन भने एनइसीसीका संस्थापक डा. हरि शर्माले गर्नुभएकोथियो । प्रशिक्षक जोशीले योगाको महत्वको बारेमा पनि प्रवचन दिनुभएको थियो ।योगा कार्यक्रमको संयोजन एनइसीसी डाइरेक्टर पवन खनालले गर्नुभएकोथियो ।अर्को चरणमा बोर्ड अफ ट्रष्टी कृष्ण निरौला र सत्य साही समाजकोआयोजनामा सत्य नारायणको पूजा सम्पन्न गरिएको थियो भनेट्रष्टीनिरौलाकैप्रायोजनमा उपस्थित झण्डै दुई सय भक्तजनहरुलाई प्रसाद पनि वितरण गरिएकोथियो ।

DSC07860

तेस्रो चरणमा संस्थाले २०१५ को शुरुमा एउटा छुट्टै देवालय निर्माण गर्नपहल शुरु गरेपछि उक्त संरचना तयार हु्“दासम्म योगदान गर्नुहुने समुदायका साठीभन्दा बढी सदस्यहरुलाई सम्मान गरियो । साथै स्वयंसेवक तथा दाताहरुको सम्मान रसञ्चार माध्यमहरुको सार्वजनिकरणको मुख्य उद्देश्य राखेर यस दिनको कार्यक्रमआयोजना गरिएको थियो । कार्यक्रममा पहिलो पटक पशुपति बुद्ध मन्दिरपुग्नुभएका राजदुत कार्की दम्पत्तिलाई स्वागत पनि गरिएको थियो ।

DSC07825

संस्थाका अध्यक्ष खिलेन्द्र मणी न्यौपानेको सभापतित्वमा सम्पन्न सोकार्यक्रममा संस्थालाई समुदायसंग संयोजन गराउन सहयोग पु¥याउने सञ्चारमाध्यमहरु (वेभसाइट, स्मारिका तथा बुलेटिन) मा संलग्न सम्पूर्ण पक्षहरुको पनिविभिन्न कोणबाट विश्लेषण गरिएको थियो । सो अवसरमा विभिन्न वक्ताहरुलेआफ्नो धारणा राख्नुभएको थियो ।

उक्त चरणमा नमस्ते (स्मारिका) का सम्पादकपरशु तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्ने क्रममा प्रकाशनका विभिन्न चरणहरुकोचर्चा गर्नुभएको थियो भने तीन वटै सञ्चारमाध्यमको समीक्षा साहित्यकार कृष्णधरावासीले गर्नुभएको थियो । यस्तै सञ्चार संयोजक विष्णु शीतलले बुलेटिनकोप्रकाशनको विविध पक्षमा प्रकाश पार्नुभएको थियो । विज्ञापनदाताहरुको तर्फबाटलोकनाथ तिवारीले सञ्चार समूहलाई सुझाव तथा सल्लाह दिनुभएको थियो ।सो अवसरमा संस्थाको वेभसाईट धधध।लभअअगकब।यचन को तयारीमा विशेषयोगदान पु¥याउनु भएका सुबास खतिवडाले सार्वजनिक गर्न मद्दत गर्नुभएको थियो ।त्यसपछिको चरणमा संस्था स्थापनादेखि हालसम्म ठूलो रकम दान गरेर यसकोउत्थान र विकासमा योगदान पु¥याउने दाता महानुभावलाइ सम्मान पत्र प्रदान गरिएको थियो । सम्मान कार्यक्रमको सञ्चालन उपाध्यक्ष सरोज प्रजापतिलेगर्नुभएको थियो ।सो समारोहमा बरिष्ठ उपाध्यक्ष प्रेम संग्रौलाले स्वागत गर्नुभएको थियो भनेमहासचिव नेत्र घिसिङले सञ्चालन गर्नुभएको थियो साथै कोषाध्यक्ष लक्ष्मणप्रधानलेसंस्थाको आर्थिक अवस्थाबारे प्रकाश पार्नुभएको थियो ।कार्यक्रमलाई स्वामी आत्मानन्द गिरी, एनइसीसीका संस्थापक डा. शर्मा,एनआरएन अमेरिकाका उपाध्यक्ष रविना थापा र राजदुत डा. कार्कीले सम्बोधनगर्नुभएको थियो । कार्यक्रममा मन्दिर परिसरभित्र ४० वटा भन्दा बढी पार्क गर्नसकिने गरी हालैमात्र तयार गरिएको पार्किङ लट निर्माणका क्रममा योगदानगर्नुहुने कृष्ण प्रजापति, गोपाल रायमाझी लगायतको टोलिलाई पनि धन्यावादज्ञापन गरिएको थियो ।

DSC07819 DSC07824

प्रतिक्रिया