पहिरोले बाँध भत्काएपछि आयोजना बन्दः दुईसय घरधुरी अध्याँरोमा

इनेप्लिज २०७२ साउन १९ गते ४:३० मा प्रकाशित

बेनी (म्याग्दी), १९ साउन । म्याग्दीको पाखापानी गाविसको घोप्टेखोलामा आएको बाढीले घोप्टेखोला जलविद्युत आयोजनाको बाँध भत्काइदिँदा २२० किलोवाट क्षमताको घोप्टेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।

आयोजना बन्द हुँदा गाउँका २०० घरधुरी अध्याँरोमा बस्न बाध्य भएका छन् । मौसममा सुधार नआउन्जेल जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण गर्न समस्या भएकाले अझै केही दिन लाग्ने आयोजनाका खबिर पाइजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाखापानी गाविस– ६ मा पर्ने कलाबाङ प्राथमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ ।

प्रतिक्रिया