बोष्टनको आर्लिंगटनमा “सिर्जना उत्सव”
सिर्जना उत्सव बोष्टनको मासिक साहित्यिक शृंखला “ सिर्जना उत्सव “ आइतबार बोष्टनको आर्लिंगटनमा सम्पन्न भएको छ/ दुई बर्ष अघि अमेरिकाको बोष्टनका केहि साहित्यकारहरूको संग्लग्नतामा सुरु भएको यो शृंखलाको २९ औ संस्करणमा बिभिन्न सर्जकहरूले नया गीत, गज़ल र कविता सुनाए/
साहित्यकार अनु शाहको संयोजनमा सम्पन्न कार्यक्रममा हरि थापा, दिनेश राजभण्डारी, गोवर्धन पूजा, महेश्वर पन्त, दीपा राई पुन, अनु शाह, ममता कर्माचार्य, सुशील नेपाल, एल. बि एर ज्ञानप्रकाश शर्मालगायतले सिर्जना वाचन गरे / कार्यक्रममा भैरवी थापा, कुशल श्रेष्ठ, भोजबहादुर थापा, आँशुलक्ष्मी राजभण्डारी, भोजबहादुर थापा, हीरालाल उपाध्याय, ईश्वरा थापा लगाएतले मन्तव्य व्यक्त गरे/
अनु शाहद्वारा रात्रिभोजको प्रयोजन गरिएको उक्त कार्यक्रम महेश्वर पन्तको सभापतित्वमा सम्पन्न भएको थियो/
शृंखलाको ३० औ सस्करण अगष्टको अन्तिम आइतबार गोवर्धन पूजाको संयोजनमा हुने भएको छ/
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया