एघार सय विरुवा रोपिए
इनेप्लिज
२०७२ साउन १७ गते १०:०० मा प्रकाशित
मेलम्ची, १७ साउन । ‘दिगो वातावरणका लागि सामुदायिक वृक्षरोपण एकीकृत स्रोत व्यवस्थापनका लागि जलाधार संरक्षण’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ मा आज स्थानीय समुदाय र सुरक्षाकर्मीसहितको टोलीले संयुक्त रुपमा वृक्षरोपण गरेको छ ।
खर्कचौरस्थित सामुदायिक जग्गामा लप्सी, बकाइनो, मसलालगायतका एक हजार १०० बिरुवा रोपिएको इन्द्रावती सववेसिन आयोजनाका प्रमुख योगेश राईले बताउनुभयो ।
सो आयोजनाको सहयोगमा भएको वृक्षरोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, जिल्ला भूसंरक्षण कार्यालयका अधिकृत, स्थानीय शिक्षक र महिला अगुवाहरुको सहभागिता रहेको थियो ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया