पथरी (मोरङ), १७ साउन । केराबारी–७ का ६०० परिवार बाढीको जोखिममा परेका छन् ।
यस वर्षको बाढी स्थानीय मुगु खोला पूर्वपट्टिको भागमा धार परिवर्तन गरीस्थानीय बस्ती नजिकै भङ्गालो आइपुगेकाले गाउँले रातभरि जाग्राम बस्ने गरेको स्थानीयवासी मधु राईले बताउनुभयो ।
स्थानीयवासी चिन्तामणि गुरागाईंका अनुसार खोला नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरे पनि पहाडी भेगमा आएको मुसलधारे पानीका कारण एकै रातमा बाढी नियन्त्रण गर्ने प्रयास असफल भयो । बाढी नियन्त्रणका लागि बाँस, साना रुखका बोटबाट बनाएको बार र पूर्वी छेउमा ढुङ्गा थुपारेर लगाएको पर्खाल सबै भत्किएका छन् । बाढीले तीन बिघा खेत बगर बनाएको तथा १३ बिघा खेतमा लगाइएको धानबाली नोक्सान पु¥याएको बताइएको छ ।
प्रतिक्रिया