एनआरएन क्यानाडामा नानीमैया प्रवृति नजन्माउ

इनेप्लिज २०७२ साउन १६ गते ११:४१ मा प्रकाशित

imagesपंचायतकालमा बहुदलवादीहरुले चुनावमा भाग लिन नपाओस भनी राजाले विधानबाटै अंकुस लगाएपछि बहुदलवादी युवा नेताहरुले उट्पट्याङ मान्छेलाई चुनाव लडाउने र पञ्चायतलाई व्यंग्य गर्ने निश्कर्ष निकाले । यही क्रममा भेटिइन् नामनीमैया दाहाल । नानीमैया दाहाललाई त्यसबेला गोल्चे सार्कीले फेला पारेका थिए । मान्छेलाई छाडा शब्द प्रयोग गरेर गाली गर्नु नानीमैयाको न्युनतम योग्यता थियो । ०३८ साल बैसाख २७ गते भएको राष्ट्रिय पञ्चायतको चुनावमा काठमाडौंका दुई सीटमध्ये एउटामा जोगमेहर श्रेष्ठले जिते भने अर्को सीटमा उट्पट्याङ उमेद्वार नानीमैयाले जितिन् । नानीमैयासँग काठमाडौं नगर पञ्चायतका मेयर कमल चित्रकारले प्रतिष्पर्धा गरेका थिए । चित्रकार बुद्धीजिवि वर्गमा गनिने व्यक्तित्व हुनु हुन्छ । तर, पञ्चायतलाई बेइज्यत गर्न भन्दै काठमाडौंका बासिन्दाले पञ्चलाई हराई नानीमैयालाई जिताएर नकारात्मक भोटिङ गरेका थिए । नानीमैयाले आफ्नो काम नगरिदिएको भन्दै सूर्यबहादुर थापालाई साडी उचालेर देखाएको घटना धेरै समयसम्म चर्चामा रहेको थियो । त्यसबेला काठमाडौंमा मात्रै होइन, झापा र वीरगञ्जमा पनि यसै गरी निर्वाचनलाई ठट्टाको रुपमा उपयोग गरेको थियो । झापामा पुहातु चौधरीलाई बुद्धिजीविहरुले भोट दिएर राष्ट्रिय पञ्चायतको चुनावमा जिताएका थिए । चप्पल मात्रै लगाएर संसद भवनमा प्रवेश गर्न पठाइएका पुहातुले एउटा कार्यक्रममा भाषण गर्नेक्रममा ०१७ सालमा राजा वीरेन्द्र ९महेन्द्र भन्नु पर्ने० ले निरंकुश व्यवस्था लादेको भनेपछि उनलाई राष्ट्रिय पञ्चायतबाटै बर्खास्त गरिएको गरियो ।

अहिले एनआरएन क्यानाडामा त्यस्तै भईहरको छ । पहिला त विधानमा नै तलमाथि गरेर पंचायतिकरण गर्न खोजियो । जसको विरोध प्रजातन्त्रमा विश्वास राख्ने केही सदस्यहरुले गरेकोले त्यो बीचमा नै तुहियो । अर्थात त्यो विधान पास हुन पाएन । त्यसपछि टोरोन्टोको चुनाव स्थगित गरिएको समाचार ईमेल मार्फत सबैले पाए तर स्थगित फुकुवा भएको समाचारभन्दा अघि टोरोन्टोबाट आआफै विजय भएका अविरयुक्त फोटोसहितको बधाईका शब्दहरु फेसबुक मार्फत छताछुल्ल भयो । निर्वाचन प्रक्रिया जे जस्तो भए पनि निर्वाचन प्रति देखिएको उदासिनताले भोलीका दिनमा एनआरएन क्यानाडा एउटा शाखाको रुपमा मात्र रहन सक्छ । क्यानाडामा बसोबास गर्ने लगभग पच्चिस हजार नेपालीहरुमा एनआरएन क्यानाडाप्रतिको यो उदासिनताले गर्दा संस्थाले सही नेतृत्य पाउन सकेको छैन । यस्तो अवस्थामा संस्था एउटा थापनामात्र बन्दै गएको छ । यसैको नतिजा हो सही व्यक्तीहरुको उदासिनता र थापनाका लागि मात्र आउने व्यक्तीहरुको हानाथाप । एनआरएन क्यानाडामा यही उदासिनता आएको आभास हुन्छ । नेतृत्व लिएर कार्यकाल पुरामात्र गरेकाहरुको देखासिकी नयाँ नेतृत्व लिनेहरुले पनि त्यही नगर्लान भन्ने कुरा भोलीको समयले बताउने हो । तर सही नेतृत्वको कमी आएपछि एउटा संस्थामा बसेकाहरुको नै बढी चहलपहल देखिनुबाट पनि यहाँ सही नेतृत्वको कमी रहेको आभाष हुन्छ । त्यसमा पनि नेतृत्व लिईसहेकाहरुले सही र उदाहरणीय काम गर्न नसकेर पनि नेतृत्वको खडेरी परी रहेको छ । अहिले एनआरएन क्यानाडामा एकातिर एउटाकाल पुरा गरीसकेकाहरुका गण छन् भने अर्कोतिर लगातार दुईकाल पुरा गरेर तेस्रोकालमा पनि तर मार्नेहरु पदको हल काढेर लाममा उभिएका छन् । पहिलेका एनआरएनले पैसा उठाउनबाहेक कुनै उदाहरणीय काम गरेको देखिदैन । अरु सबैलाई एकातिर थातिराखेर क्यानाडामा रहेका नेपालीहरुको संख्या समेत अहिलेसम्म संकलन गर्न सकेको छैन भने संस्थाको सदस्यता पनि आफ्नो भोट पाउने आधारमा बनाउने गरेको मात्र देखिन्छ । एउटा नेतृत्वले गठन गरेको समिति अर्को नेतृत्व आउनासाथ नेपालमा सरकार फेरिएपछि उच्चपदस्थ कर्मचारी फेरिए झै समाजसेवामा पनि राजनीतिकरण हुँदै गईरहेको छ । नेपाल र क्यानाडाबीच द्वत्व सम्बन्ध गासिएको ५० वर्ष भएकोमा ठुलै काम गर्ने घोषणा गरेको नेतृत्व अब चुपचाप पछाडिको बाटो लाजै पचाएर निस्किदै छन् । भुईचालोको नाममा मानवीयताका लागि स्वतःपूmर्त उठेको चन्दाको रकम फेहरिस्त देखाएरमात्र दुईवर्षको कार्यकाल मञ्चमा आसन भएर बिताउन पाइन्छ भने नानीमैंयाहरुलाई मात्र एनआएन क्यानाडा जिम्मा लगाइदिए हुन्छ । नत्रभने पच्चिस हजारभन्दा बढी जनसंख्या भएको क्यानाडाको नेतृत्व गर्न सक्ने सही नेतृत्व किन अगाडि आउदैनन् । किन पटकपटक अनुहार दोहरिन्छ । किन ब्याइते हुँदाहुँदै ल्याइते ल्याउन खोजेझै सबै संस्था ताक्न थाल्छन् । के यो नेतृत्वको खडेरीनै परेको हो त ? यस्तो अवस्थामा एनआरएन क्यानाडाको निरन्तरताका लागि हामीलाई कस्तो नेतृत्व चाहिन्छ भन्ने कुरा अब हामी भोटै नदिएर सदस्यता तिर्नेले चन्दा भोट पाएर भन्दा नपाएर राष्ट्रिय समन्वय परिषदको सदस्य बन्ने बाटो <

प्रतिक्रिया