अमेरिकामा आफ्नो थाप्लोको ऋण सन्तानले फच्चे नगर्ने 

इनेप्लिज २०७२ साउन १६ गते ०:३९ मा प्रकाशित

unnamed

अमेरिका देश अति स्वार्थ छ l अमेरिका भित्र बसोबास गर्ने मानिस पनि स्वार्थ हुन् बाध्य पनि छन् l आफुले सन्तानको लागि किनी दिएको छाप्रोको ऋण अमेरिकामा पसेका सन्तानले फच्चे गर्दैनन् l आफुले प्राण नत्यागे सम्म साहुको सावा र ब्याज सहित भुक्तानी गरि रहनु पर्छ l हामीले दुख गरेर हुर्कायौ र बढायौ भनि आफ्ना सन्तानले थाप्लोको ऋण (३० बर्षे घरको किस्ताबन्दि )भुक्तानी गर्छ भन्ने मानसिकता लिएर हिड्यो भने चिल्लै पर्ने सम्भावना हुन्छ l सन्तानको ब्यबहार देखि मुर्छा परिने सम्भावना हुन्छ l

अब अमेरिकामा आएका दोश्रा पुस्तालाई यतैतिरको हावा पानीले छोई सकेको छ l पाठशाला नै यतै भए पछि अमेरिकाको सबै कुरा जान्ने हुन्छन l संगतले अझ प्रभावित भएका हुन्छन l

१८ बर्ष सम्म आफ्ना माता पिता संग बसे भने धन्न मान्नु पर्छ l १८ पुग्न साथ् लाखा पाखा लाग्ने सुरु भै सकेको छ l अहिले सम्म दोश्रो पुस्ताले त्यति गति छाडेका छैनन् l धर्म छाडेका छैनन् किनभने आधा जस्तो छोराछोरी नेपाल मै हुर्काएर र काखी च्यापेर अमेरिका ल्याइएका छन् l अमेरिका भरमा १८ बर्ष देखि माथि हुना साथ कैयौ त्यस्ता घटना सुनिएका छन् l जस्को कारण अलिक उमेर पुगेका बाबु आमालाई अप्ठ्यारो बनाई घरबाट छुट्टिने गरेका पनि छन् l

अमेरिका ल्याएका सन्तानले कहिले काही बा आमाआई घर न घाँटको बनाई दिएका पनि छन् l अमेरिकामा अन्तिम अवस्था सम्म आफैले कमाउनु पर्ने भएकोले अभिभावक पनि सन्तान संग त्यति आश्रित पनि हुदैनन l तर पनि ३० बर्ष सम्म आफ्नो टुप्पी सम्म लागेको ऋण आफ्नो साथमा आफ्ना छोरा छोरी संगै बस्दछन र उनीहरुले फच्चे (चुक्ता )गरि देलान भनि सोच्नु कदापी हुदैन l धोका पाएका नेपाली समुदायहरु प्रसस्त छन् l

कानुनको कारण १८ बर्ष पुग्न साथ सन्तानलाई छुन सकिदैन l अमेरिकामा नेपाल जस्तो आफुले किनेको घर सन्तानले घरमा अंश चाहियो भनि छोरा या छोरीले मुद्धा हाल्दैनन l कानुन मा नै छैन l बाबुले छोरा छोरीलाई अंश दिनु पर्ने भन्ने छैन l भएको सम्पत्ति दिने त आँखिरमा सन्तानलाई नै हुन्छ l अमेरिकन समाजमा पनि ईक्षा लागे अन्तत्वगत्वा सम्पत्ती दिने गरेको पनि देखिन्छ l तर अधिकांस गुठीमा जान्छ l

छोरा छोरीको लागि घर किनेर उनीहरुले नै भबिष्यमा ऋण तिरी देलान भन्ने भन्ने कल्पना नगरे पनि हुन्छ अमेरिकामा l बिदेशीहरु आफ्ना सन्तानलाई १८ बर्ष हुना साथ गलत्याएर निकाल्छन l हुर्कन साथ पशु या पंक्षी झैँ स्वभाव देखाउदछ्न l पशु या पंक्षीमा बच्चा हुर्कन साथ आफै स्वतन्त्र भएर जान्छन l अमेरिकामा बिदेशी नागरिक/अमेरिकनहरू छोरा छोरीलाई जानु पर्छ भन्ने संकेत गर्दछन l सन्तानहरु घ्याक /अटेरी हालेर बस्दैनन् l

तर नेपाली समुदायमा अझ पनि अमेरिकनहरुको जस्तो १८ बर्ष हुना साथ छुट्टिने भै सकेका छैनन् l त्यो संस्कृति पुरै भित्रिएको छैन l अब सधै त्यस्तै हुने छ भन्ने सोच्नु पनि हुदैन l अमेरिकन शैलीमा दोश्रा पुस्ता लाग्ने छन् l नेपाली समुदायले यस्मा बिस्मात मान्नु पर्ने भन्ने केहि छैन l

नेपाल जस्तै आफ्नी थैली दह्रो बनाउनु पर्छ अमेरिकामा l अधिकांस नेपाली समुदायमा ठुलै भए पनि आफ्ना बुवा आमा संग नै बस्ने गरेको देखिएको छ l तर यहि अवस्था रही रहदैन l

अमेरिकामा नेपाली समुदायले अधिकांसले घर किन्दछन l किन्ने बित्तिकै दशा सुरु भए जस्तै पनि हुन्छ l मानिसलाई ज्वरो आउने र रक्तचाप बढ्ने हुन्छ किनभने कति खेर जागिर जाने हो भनि भय भै रहन्छ l हरेक महिनामा तिर्दा तिर्दा कायल हुईञ्छ l

ज्यादै तिरे पछि , कति तिर्नु परेको जस्तो पनि महसुस हुन्छ l झर्को लाग्न थाल्छ l अमेरिकामा मानिसको घर नभई बैंकको घर हुन्छ l चुक्ता गरे पछि मात्र धनि पुर्जा /लाल पुर्जा आफ्नो नाममा हुन्छ l

नेपाल बाट अमेरिकामा सन्तानको भबिष्यको लागि भनेर काखी च्यापेर ल्याएको छोरा या छोरी अमेरिकामा आए पछि बेईमान भै दिदा कुरा बिग्रन्छ l बिग्रेका धेरै घर छन् l बाबु आमाको नियन्त्रणमा हुदैनन् छोरा छोरीहरु l बुढेसकालको सहारा भनि श्रवण कुमारले बाबु आमालाई गरेको सेवा गर्ला कि भन्ने कुरा अमेरिकामा सोच्नु बेकार हुन्छ l यो कुरा उहिलेको कुरा खुईले भै सकेको छ l

आफ्नो थाप्लोको ऋण सन्तानले फच्चे (चुक्ता )गर्ने भन्ने तर्फ मुख नताकी आफु पूर्ण स्वस्थ भै अन्तिम अवस्था सम्म पनि काम गरि ३० बर्षे ऋण आफैले चुकाउन कडा मेहनत गरे ३० बर्षे ऋण १० बर्ष या १५ बर्ष मै चुक्ता गरिन्छ l अनि जीवन भर त्यो झमेला बाट मुक्त हुईञ्छ l आफ्ना सन्तान संग परिजिवी भै रहनु पर्दैन l न दुखको टाउको आफैले दुखाउनु भन्दा बिर गोर्खालीका सन्तान हामी ,मुट्ठी बटारेर भए पनि थाप्लोको ऋण आफैले तिर्न तर्फ लाग्नु बेस हुन्छ l ए राता मकै …कसो न सकिएला त आफ्नो थप्लोको ऋण ?

प्रतिक्रिया