मितेरी बसको टिकट अब अनलाइनबाटै
काठमाडौं, १४ साउन । पूर्वी नेपालको यातायात क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको मितेरी यातायातको टिकट अब अनलाइनबाटै काट्न सकिने भएको छ ।
सूचना र प्रविधिले आममानिसको दैनिक जनजीवन नै परिवर्तन गर्दै लगिरहेका बेला बस टिकट काट्नकैे लागि पनि यात्रुले काउन्टरसम्म धाउन नपरोस् र उनीहरुले घरबाटै टिकट काटी सिधै बस चढ्न सकुन् भन्ने सुविधा दिन अनलाइन टिकटिङ सुरु गरिएको मितेरी यातायातका सञ्चालक बिक्की गुरागाईंले बताउनुभयो ।
अबदेखि मितेरी यातायातको टिकट आफ्नो घरबाटै अथवा नजिकका इसेवा जोन, इसेवा पोइन्ट तथा ट्राभल एजेन्सीबाट काट्न सकिनेछ । मितेरी यातायातको वेबपेज
www.miteriyatayat.com.np लगअनगरी टिकट खरिद गर्न सकिने र इसेवा एकाउन्ट भएका यात्रुले आफ्नो घरबाटै मितेरीको टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकहरूले इसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सकिने बताइएको छ ।
कम्पनीले अनलाइनमार्फत टिकट काट्ने ग्राहकले १० देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल मितेरीले करिब ३० वटा अत्याधुनिक किसिमका एसि, डिलक्स बसहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया