मानसिक विचलन भुलाउन सामूहिक च्याउखेती
बलेवा (बागलुङ), १४ साउन । जिल्लाको सिगाना र तित्याङमा रहेका मानसिक रुपमा विचलन भएका तथा उनीहरुका अभिभावकका लागि सामूहिक च्याउखेतीसम्बन्धी तालिम दिइएको छ ।
कम्तीमा एकजना हेरालो बस्नुपर्ने व्यक्ति तथा तिनका अभिभावकको आयआर्जनमा सहयोग गर्न सामूहिक च्याउखेती तालिम दिइएको हो ।
जीविकोपार्जन शिक्षा तथा विकास कार्यक्रम लिड्सले दुई गाविसका ७० जनालाई तालिम दिएर सामूहिकरुपमा च्याउ लगाउन सिकाएको लिड्सका कार्यक्रम अधिकृत शोभा काउचाले बताउनुभयो ।
काउचाका अनुसार सामान्य व्यक्तिभन्दा कठिनरुपमा जीवनयापन गर्नुपर्ने र कम्तीमा एकएक जना हेरालु बस्नैपर्ने भएपछि उनीहरुको आर्थिक अवस्था नाजुक हुने गरेको छ । “उक्त समस्यालाई सम्बोधन गर्दै आयआर्जन गर्न सकुन् भनेर कन्येच्याउ लगाउने दुईदिने तालिम दिएका हौँ”, काउचाले भन्नुभयो, “तालिमले आयआर्जन र सामाजिक उत्तरदायित्वमा समेत वृद्धि गर्ने आशा लिएका छौँ ।”
सहभागीले सामूहिकजस्तै व्यक्तिगतरुपमा पनि च्याउखेती गर्ने योजना बनाएको बताएका छन् । सामूहिकरुपमा गरिएको च्याउखेतीका लागि लिड्सले बीउ, प्रविधि र परालसमेत सहयोग गरेको छ । तालिमबाट आफूहरुले काम गर्ने सीप, ऊर्जा र लगनशीलता सिकेको तालिमका सहभागी गीता खड्काले बताउनुभयो ।
“तालिमले सीप र जाँगर त बढायो नै, प्राविधिक सहयोगले अझै आत्मबल बढाएको छ”, खड्काले भन्नुभयो, “आत्मनिर्भर बन्ने तथा आयआर्जन गर्नका लागि तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्नेछौँ ।” जागरण स्वास्थ्य आमा समूह सिगानाकी अध्यक्षसमेत रहनुभएकी खड्काले आफूहरुले जिल्लामै नमुनाको रुपमा च्याउखेती गर्ने योजनाअनुसार अगाडि बढेको बताउनुभयो । लिड्सले स्थानीय स्वास्थ्य संस्थाको सहकार्यमा काम गर्दै आएको छ ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया