पहिरोका कारण पोखरा–बागलुङ सडक अवरुद्ध
इनेप्लिज
२०७२ साउन १४ गते ३:२५ मा प्रकाशित
फलेवास (पर्वत), १४ साउन । गएराति परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ राजमार्ग अवरुद्ध बनेको छ ।
वर्षाका कारण भूकम्पले चर्किएको पर्वतको तिलाहार गाविसस्थित मौरी भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । रातिदेखि नै अवरुद्ध बनेको सडक खुलाउनका लागि पहल भइरहेको र दिउँसोसम्म खुल्ने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
त्यस्तै पर्वतको पाङ गाविसस्थित सहस्रधारामा पनि सडक माथिबाट आएको पहिरोका कारण अवरुद्ध बनेको छ । सडक खुलाउनका लागि अहिले प्रहरी र डोजर परिचालन भएको जिल्ला ट्राफिक प्रमुख विकास तिमिल्सिनाले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी र पर्वतबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन ठाउँठाउँमा अलपत्र परेका छन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया