भीमदत्तनगरमा अत्याधुनिक दमकल सेवा सुरु
कञ्चनपुर, १३ साउन । कञ्चनपुरको भीमदत्तनगरपालिकाले अत्याधुनिक सुविधासहितको दमकल सेवा सुरु गरेको छ ।
नगरपालिका कार्यालयले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ९० प्रतिशत र नगरपालिकाको जगेडा कोषबाट १० प्रतिशत रकम व्यहोर्ने गरी रु ६५ लाखको लागतमा दमकल खरिद गरी सेवा सुरु गरेको हो ।
नयाँ खरिद गरिएको दमकलमा पाँच हजार लिटर पानी बोक्ने क्षमता, अक्सिजन मास्क, दुई वटा सिलिन्डर, वाटर मनिटर र एक हजार ४०० लि प्रतिमिनेटमा पानी फ्याँक्न सक्ने क्षमता रहेको छ ।
नगरपालिकाको गत वर्षको परिषद् बैठकले नयाँ दमकल खरिद गर्ने निर्णय गरेको थियो । नयाँ र पुरानो गरी नगरपालिका कार्यालयसँग दुईवटा दमकल तयारी अवस्थामा रहेको नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले बताउनुभयो ।
“विगतमा २५ वर्ष पुरानो प्रविधियुक्त दमकलले नगरपालिकाले आगलागीका घटना नियन्त्रण गर्ने कार्य गर्दै आएकोमा नयाँ दमकल थपिएपछि सहजरुपमा आगलागीका घटना नियन्त्रण गर्न सकिन्छ” उहाँले भन्नुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया