अमेरिकामा भान्सेको चाँदी कटाई

इनेप्लिज २०७२ साउन १२ गते १०:५४ मा प्रकाशित

bj (3)

अमेरिकामा बिभिन्न पेशा मध्ये चमेनागृह तथा भोजनालयमा राष्ट्रिय देखि अन्तर्राष्ट्रिय खाना पकाउन खप्पिस भान्से बाजे र बज्यैको चाँदी कटाई एक आंकडाले देखाएको छ l

तर उप्पलो दर्जाको टाउके भयो भने निकै खुदो हुन्छ तर उसका मातहतका रही काम गर्नेले पनि राम्रो आम्दानी नै कमाउने गरेका छन् l अचेल यो पेशा नेपाली समुदायलाई फापेको छ l अमेरिकामा पनि यो पेशा प्रति अभिरुचि बढ्दै गएको छ l पाँच तारे देखि सामान्य स्तरका चमेना गृह तथा अन्तर्राष्ट्रिय भोजनालयमा काम गर्ने भान्से (सेफ / कुक ) राम्रो द्रब्य कमाउने भएकोले भान्से हुन् रहर गर्ने को संख्यामा ह्वात वृद्धि भएको छ l

घरेलु भान्से बज्यै र भान्से बाजेको प्रसंगमा यहाँ प्रसंग जोडिएको हैन l उहिले सेतो धोति लगाएर ब्राम्हणले भात पकाए चोखो हुने हुनाले निजि घरमा ब्राम्हण जातीको धेरै माँग पनि हुन्थ्यो l यो सत्य युगको कुरा हैन l यसै गरि बज्यै द्वारा पकाईएका स्वादिस्ट खाना खाएको बाल सम्झना छ l अझ पनि ठुला घर घरानामा ब्राम्हण बाजे बज्यैले पकाउने रित पनि हुन् सक्छ l

भान्सामा भात पकाउने मानिसलाई उहिले भान्से बाजे भनि सम्बोधन गर्ने चलन हुनाले सम्भवत यसै कारणले भान्से बाजे नामकरण हाम्रा पुर्खाले राखी दिएका होलान l महिलाले भान्सामा काम गर्ने भएकोले भान्से बज्यै राखी दिएका होलान l तर त्यो समयमा भात पकाउन महाबिद्यालय धाउनु पर्दैन थियो l अब त भात पकाउन कुशल हुन् चिकित्सक र सूचना प्रबिधि झैँ पढ्नु पर्ने भएको छ l

भान्से बाजे या बज्यै लाई २ बर्षे प्रविणता प्रमाण पत्र तह (आई ए ) तथा ४ बर्षे पाठ्यक्रम पढ्नु पर्ने हुन्छ l अब्बल दर्जाको अंक तथा अनुभवी भएमा विश्व भर जताततै भनेको काम पाउने भएकोले अधिकांसले अमेरिका ,युरोप तथा अस्ट्रेलिया तथा अन्य राष्ट्रमा भान्से बाजे पुगेका हुन्छन l

सूचना प्रबिधि तथा अन्य प्राबिधिक पढाई जस्तै यो बिषयमा स्नातक गरेको छ भने चाँदी कटाई हुन्छ अमेरिकामा l र भान्से बाजे तथा बज्यै अरु भन्दा झर झराउदा, खाईलाग्दा ,पुक्क गाला ,आकर्षित ,रातोपिरो गाला तथा पाखुरा दह्रो पनि हुन्छन किनभने उनीहरुको हातमा डाडु पुनिउ हुन्छ l भान्छा घर नै आफ्नो हात जगतनाथ हुन्छ l चाख्नै पर्ने हुन्छ किनभने स्वाद थाहा पाउनको लागि l यो काम निकै गार्हो हुन्छ l निकै संबेदनशील हुनुको साथै उभिएर काम गर्नु पर्ने हुन्छ l थचक्क बसेर काम गर्न पाइदैन l अन्तरंग (इन्डोर )रुपमा काम गर्नु पर्ने हुनाले कसैले नदेख्ने हुन्छन भने अरु धेरै काम बहिरंग (आउट डोर )रुपमा काम गर्नु पर्ने हुन्छ l

अमेरिकामा सेफ अर्थात् भात पकाउने मुख्य बाजेको जागिरको भबिष्य अत्यन्तै राम्रो देखिएको छ l २०१६ सम्ममा अमेरिकामा ११ प्रतिसतले यो जागिरको वृद्धि हुने छ भनि आंकडा निकालेको छ l यसको बिश्व भर मांग बढी रहेकोले बिशेष त नेपाली भान्से बाजे संसारको सम्वृद्धि शालि मुलुकहरुमा जाने गरेको देखिएको छ l

भान्से बाजेको तलब तुलानात्मक रुपमा आर्थिक कमाई राम्रो हातमा पर्ने हुनाले यो काममा नेपालीहरु पनि आकर्षित हुदैछन् l र यो जागिरमा जति बर्ष अनुभव बटुल्यो द्रब्य (पैसा )त्यति नै बढ्ने भएकोले यसमा बृद्ध र उमेर अलिक बढ्ता भन्ने हुदैन l नेपाली समुदायका पुरुषहरुले काम गर्ने देखिएता पनि महिलाहरु कम रहेका छन् l

अमेरिकामा यो पेशाको किन माँग बढ्दै छ l खानाको सौकिन मानिस यो पेशा मन पराउदछन l भोक लागि रहने मानिस यो ईलममा झुम्मिएका छन् l मुद्रा पनि आउने र थरि थरिका खाना खाना सितैमा पाईने अनि के चाहियो त ? फोकटको अलकत्रा l

यो पेसामा असिमित श्रीसृजनात्मकता हुन्छ l भान्सेले आफै बिबिध खाने कुराको रचना गर्न सक्दछन l कसरि ब्यापार वृद्धि गर्ने भन्ने उनीहरुलाई डाडु पुनिउ दिएकोले अनेक प्रकारका खानाका परिकारको निर्माण गर्न सक्दछन l प्रतिभा प्रस्फुटन हुन्छ र भबिष्य उज्जवलमय पनि बन्न सक्छ

असिमित खान पाइने हुन्छ l गलगिद्ध हुने गरि खाना खान पाइने भन्ने चाही चै हुदैन l भान्से हुदाको फाईदा त्यो के भने जति पनि चाख्न पाइने हुन्छ l पेट कहिले पनि भोको रहदैन l दाप्से पेट हुदैन l भोजनालयमा रहेको व्यंजन-सूचीको ज्ञाता नै भान्से हुन्छन l जति सक्दो स्वादिस्ट बनाउने उनीहरुको चाहना हुने हुनाले चाख्दा चाख्दै पेट गणेश भगवानको जस्तो हुन्छ l

भान्सेलाई लोभी पनि बनाई दिन्छ l भान्सेलाई पौष्टिक बारेमा ज्ञान धेरै हुन्छ l भान्से भान्साको प्रमुख हुन्छ र उसलाई खुसि बनाएर राख्दछन मालिकले l भान्से खुशी भयो भने लक्ष्मी नै लक्ष्मी आउछिन l भान्सेको औसी पुर्णे लाग्ने गरि केहि गर्नु हुदैन l

पाँच तारे र अन्य भोजनालयको भान्सेको ईज्जत ठुलो हुन्छ l निजि घरमा जस्तो हुदैन l भान्से भान्छाको कलाकार नै हुन्छन l राम्रो कमाई हुने हुनाले भान्से पेशा मर्यादित हुन्छ l अधिकांस भान्सेहरु खुशी देखिन्छन l मर्दादित पेशा एकातिर छ भने अर्को तर्फ आम्दानी निरन्तर आउने भएकोले नेपाली समुदाय पनि यसमा संलग्न हुदै गरेका छन् l खान र जीवन धान्नको लागि नै पाखुरी चलाउने भएकोले खाई रहने जागिर पाउदा अझ राम्रो l

पिरो ,अमिलो र चखिलो स्वादको जिब्रो नेपाली समुदायको भएकोले राष्ट्रिय तथा अन्तर राष्ट्रिय भोजनालयमा यी सबै हुने हुनाले त्यो भन्दा ज्यादा के चाहियो र ? कि कसो ?

प्रतिक्रिया