एकीकृत नेकपा (माओवादी), राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम, नेपाल सद्भावना पार्टी र सद्भावना पार्टीले गाविसलाई गाभ्ने सिफारिस जनभावना विपरीत भएको दाबी गर्दै सिफारिस बदर गर्न माग गरेका छन् ।
झापाको जिविस र जिल्ला प्रशासन कार्यालयले ज्यामिरगढी गाविसलाई मेचीनगरमा गाभ्ने सिफारिस पठाएको हालै सार्वजनिक भएको थियो ।
आज बिहान बसेको ती पाँच दलको बैठकले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा सिफारिस बदरका लागि ज्ञापनपत्र बुझाउने र घरघरमा पुुगेर जनताको हस्ताक्षर सङ्कलन गर्ने निर्णय गरेको एमाओवादी ज्यामिरगढी गाउँ कमिटीका अध्यक्ष हरि दाहालले बताउनुभयो ।
प्रतिक्रिया