बाल्टिमोरमा नेपालीको नयाँ रेस्टुरेन्ट खुल्यो

इनेप्लिज २०७२ साउन ११ गते १६:३६ मा प्रकाशित

ImageProxy

२७ जुलाई २०१५ – अमेरिकाको बाल्टिमोर शहरमा नेपालीले संचालन गरेको नयाँ इण्डियन रेस्टुरेन्ट “टेस्ट अफ ताज” खुलेको छ lयही जुलाई २५ तारिख शनिबार साँझ देखी ऊदघाटन गरिएको ऊक्त रेस्टुरेन्ट बाल्टिमोरको पेरीहलमा पर्ने बेलाएर रोड / Rt.-1 र होनिग्यु ब्लुबार्डको ईन्टरसेक्सनको CVS संगै छ lबाल्टिमोरका बरिस्ठ बुद्धिजिबी डा. श्याम कार्कीको निमन्त्रणामा गत: शनिबार साँझ ईनेप्लिज र डिसीनेपालको टोली रेस्टुरेन्टशुरुवातको रात्रिभोजमा सहभागी हुन् बाल्टिमोर पुग्दा -रेस्टुरेन्टका संचालक महेन्द्र देशार र नेपाली चलचित्रकी नायिका अनुरिमा लम्शालले पाहुनाहरुलाई स्वागत सत्कार गरेको देखिन्थ्यो lबफेट डिनरको ब्यबस्था गरिएको ऊक्त रेस्टुरेन्ट ओपेनिङ्ग ( शुरुवात रात्रिभोज ) मा डा. श्याम कार्की, खेम भट्टचन, क्रिस घिमिरे, एच.बि. भण्डारी, बिश्वो थापा लगायत करिब १०० जना जति नेपाली रात्रिभोजमा सहभागी थिए lखुशीको कुरो: अमेरिकन गोरी केटीहरु वेटर्स र नेपाली मालिक भएर अमेरिकामा नेपालीको रेस्टुरेन्ट संचालन भएको देख्दा जो कोही नेपालीलाई गौरब लाग्थ्यो l

Reporter: Dipak Parajuli
4301 16th S., Apt.21, Arlington, Virginia

प्रतिक्रिया