चारआलीस्थित सर्पदंश उपचारकेन्द्रमा बिरामीको चाप
काँकडभिट्टा (झापा), १० साउन । झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका विरामीको चाप बढ्न थालेको छ ।
नेपाली सेनाको कालीबहादुर गणको प्राविधिक सहयोगमा सञ्चालित केन्द्रमा २०७२ बैशाखदेखि असार मसान्तसम्मको तीन महिनामा सर्पले डसेर उपचार गर्न आउनेको सङ्ख्या ४२४ पुगेको छ । २०७१ सालको यही अवधिमा ३५४ जना सर्पले डसेको उपचार गर्न आएका थिए ।
नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालन हुने गरी २०६२ सालमा जनसहयोगमा उपचार केन्द्रको स्थापना गरिएको हो । केन्द्रको व्यवस्थापन स्थानीयद्वारा गठित समितिले गर्दै आएको छ ।
केन्द्रको स्थापनापछि झापा, इलाम जिल्लासहित भारतको दार्जीलिङबाट आउने बिरामीले यहाँबाट सर्पदंशको भरपर्दो उपचार पाउँदै आएका छन् ।
एक दशकमा यस केन्द्रमा १० हजार ९६६ जना सर्पदंशका बिरामी उपचारका लागि भर्ना भएको कालीबहादुर गणले जनाएको छ ।
केन्द्रमा २०७१ सालमा एक हजार १९३ जना र २०७० सालमा एक हजार ५२९ जना उपचारका लागि भर्ना भएका थिए ।
झापामा थुप्रै किसिमका सर्प पाइए पनि गोमन र करेत सबैभन्दा बिषालु हुने केन्द्रका प्राविधिक बताउँछन् । विषालु सर्पले डसेपछि उपचार गराउन ढिला भएमा बिरामीको ज्यान जाने गर्छ ।
बिषालुमध्ये गोमन दिउँसो र करेत राति आहारका लागि सक्रिय हुने हुँदा त्यही समयमा मानिसलाई डस्ने जोखिम रहेको प्राविधिकहरु बताउँछन् ।
केन्द्रले व्यवस्थापन समितिको निर्णयअनुसार बिरामीको उपचारका लागि रु.५० सेवा शुल्क लिने गरेको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया