विमती हुदैमा छाडा शव्दहरू लेख्न पाईन्छ?

इनेप्लिज २०७२ साउन ९ गते २२:४९ मा प्रकाशित

sunil mani dahal

हामी नेपाली भाषीहरु आफ़ो दैनिक बोलीचालीमा पचाउन नसकिने किसिमका अनौठा टुक्का तथा छाडा थेगोहरू प्रयोग गर्न थालेका छौ l मनोरंजनका लागि भारतीय लगायत नेपाली चलचित्र, टेलिसिरियल आदिमा प्रयोग गरिने त्यस्ता फोहोरी र छाडा शव्दहरूवाट वनाईने भाषाहरूको प्रभावमा हाम्रो समाजले आफ्नो दैनिक वोलिचालीको भाषा नै बनाएको छ l साथी भाई संग गरिने कुरा होस् या घर परिवार भित्र आफुले वोलिने भाषा तथा त्यसको शाव्दिक अर्थको कुनै सरोकार नै नराखी निर्ढक्क र निःसन्देह प्रयोग गर्दछौ l अर्का तर्फ आफुले मान्ने ठूलो मान्छे हुन वा मॉया गर्नु पर्ने साना नानीहरू हुन, वोलिने भाषात्मक वाक्यको अर्थ लाई ख्याल गरिदैन र आफूलाई चित्त नवुझेमा वा रिश उठेमा भनिन्छ-“मुखमा हान्नु जस्तो”, आदि l

“खाते” शव्दको अर्थ थाहा हुदैन तर मनपरि यत्रतत्र प्रयोग गरिन्छ l त्यस्तै उच्चारण गर्न नै नमिल्ने अनेकौ छाडा शव्दहरू छन जसको प्रयोग हाम्रो समाजले गर्न थालेको छ l यस्ता भाषागत शव्दहरुको प्रयोग कहॉ र कसरि गर्ने भन्ने कुनै हेक्का गरिदैन तापनी हाम्रो समाजले यस्ता भनाईलाई सजिलै पचाउंदैछ! अन्य धेरै विक्रित आयातित शव्दहरु छन जुन आजकल लोकगीत तथा लोकदोहोरी गीतहरूमा समेत पाईन्छन l समाजमा पार्न सक्ने नकारात्मक पक्षलाई वेवास्ता गरी गीतहरूमा समेत प्रयोग गरिएका यस्ता शव्दहरूमा रमाईलो मान्न थालेको छ हाम्रो समाजले l यस वाहेक अन्य धेरै छाडा शाव्दिक टुक्काहरुको प्रयोग नेपाली चलचित्रहरूमा गरिदैछ जसलाई हाम्रो समाजले सहजरूपमा अनुकरण गरी आफ्नो दैनिक वोलिचालीको भाषा वनाउंदैछ l

मान्छेको विकासक्रममा धेरै कुराले महत्व राख्दछ l अरूको सिको भन्दा पनी आफ्नो सकारात्मक सोच र बिचारबाट नै मान्छेको बिकाश सम्भव हुन्छ l हामी जे जस्तो कर्म वा काम गर्दछौ त्यसको ठाडो सम्बन्ध हामीले अंगालेको सोच र विचार संग हुन्छ! सहि सोच र विचारको माध्यमले नै हामीले गर्ने कर्मको फल स्वरुप सकारात्मक नतिजा प्राप्त गर्दछौ l यस्ता कर्मबाट नै हामी विकासक्रमको खुड्किलो चड्दै सम्पनता वा प्रगतिको बाटो हिड्न सक्दछौ! यसको विपरित, कुबिचार् र कुसस्कार लिएर हिडने मान्छेले आफ्नो बिनास त गर्छ नै आफ्नो परिवार लगायत समाजलाई समेत गलत बाटोमा लैजान सक्छ l

हामी मनोरंजनका नाममा चलचित्र होस् वा अन्य कुनै मनोरन्जनात्मक कार्यक्रमको माध्यमले समाज भित्र गलत कु-संस्कारको बिउ रोप्दैछौ l कुनै विचार नै नगरी फोहोरी तथा छाडा शव्दहरूलाई थेगोको रुपमा मुखमा जे आयो त्यहि बोल्ने वानीले संस्कारी भएको मानिदैन l

स्कुल , बाटो घाटो वा घरमा केटा केटिहरुले बोलेको, त्यस्ता अभद्र,अशोभनीय तथा छाडा भाषागत थेगोहरुलाई हामीले रमाइलो मानेर सुन्न र मनोरन्जनको रूपमा लिन मिल्छ ? आफ्नो परिवार, समाज र संस्कृतिको विकासमा हामीले आफ्नो दायित्व भूल्दैछौ र राजनैतिक नेताहरूले मात्र देश विगारे भनेर कुर्लन्छौ l संस्कृतिको विकास पनी राष्ट्र विकासको एक अंग हो l तर हामीले आफ्नै संस्क्रितिको ठाडो धज्जी उड़ाई रहेको कुराको हेक्का गरेका छैनउ l

म एउटा लेखक भएको नाताले पनी नियमित नेपाली पत्रपत्रिका पढदछु l पाठकहरूको प्रतिक्रियावाट नै लेखकले आफ्नो सोच र विचारका साथै लेखाईलाई समेत अझ राम्ररी परिमार्जित गर्ने अवसर पाउने भएकाले लेखकको लागी पाठकहरूको प्रतिक्रिया महत्वपूर्ण हुन्छ! l तपाई कुनै पनि लेखको पुच्छरमा प्रतिक्रिया पढनु भयो भने कम्तिमा पचिस प्रतिशत भन्दा वढि पाठकहरूले आफ्नो प्रतिक्रियामा छाडा शव्दात्मक भाषाहरुको प्रयोग गर्ने गरेको पाउनु हुनेछ l यस सम्वन्धमा अनलाईन समाचारका वेबसाईट तथा तिनका फेसवुकमा पाठकहरूवाट गरिने प्रतिक्रियाहरूको अध्ययन गर्दा त्यस्ता अभद्र,अशोभनीय तथा छाडा शव्दात्मक भाषा प्रयोगकर्ताहरू अधिकॉस शिक्षित वर्ग नै भेटिए l के विमती हुदैमा यस्ता शिक्षित वर्गले छाडा शव्दहरूको प्रयोग गरी टिप्पणी तथा प्रतिक्रिया लेख्न सुहाउंछ ?

अलिकति जान्नेसुन्ने र पढेलेखेको भन्दैमा आफ्नो भाषा र संस्कार विर्सनु ज़रूरी छैन l कुनै पनि प्रतिक्रिया सकारात्मक, नकारात्मक वा दुवै हुन सक्दछन, यसलाई कसरि प्रस्तुत गर्ने हो त्यो हाम्रो विवेकको कुरो हो l सकारात्मक सोचको अभावमा मान्छेले आफूलाई वाहेक अन्यलाई असल देख्दैन ! के कुनै पनि नकारात्मक कुरा व्यक्त गर्न हाम्रा शभ्य र संस्कारी शाव्दिक भाषामा खडेरी नै लागेको हो ?

छाडा भाषागत शव्दहरूको प्रयोगले हाम्रा राम्रा र सभ्य भाषागत शव्दहरू विस्तारै विस्तापित हुन थालेका छन l हाम्रा पुर्खाहरुले पूर्व देखि पश्चिम सम्म प्रयोग गर्ने राम्रा र सभ्य भाषागत थेगोहरु पनी प्रशस्तै छन् जसलाई समाजले विस्तारै विस्तापित गर्दैछ l

असल र राम्रा कुराहरूको सिको गर्न कुनै उमेर, जाती, वर्गले तगारो लगाउदैन l म स्मरण गर्न चाहान्छु झर्रो भाषा आन्दोलनका नाईके तथा साहित्यकार श्री चूड़ामणि रेग्मी (चुमरे), भाषावीद स्व वल्लभमणि दाहाल, विविसि नेपाली सेवाका पूर्व संचालक खगेन्द्र नेपाली तथा विविसि नेपालीका पूर्व साझा सवाल कार्यक्रम संचालक नारायण श्रेष्ठ ठेट नेपाली शव्दात्मक भाषाको लोभ लाग्दो प्रयोग गर्न खप्पिस मानिने व्यक्तित्व हुन l यी व्यक्तित्वहरू वाहेक अन्य भाषावीदहरू तथा समाजका अग्रजहरू पनी छन जसवाट नेपाली समाज लगायत चलचित्र निर्माता तथा अन्य सरोकारवालाहरूले ठेट तथा सभ्य भाषाहरुको प्रयोगको अनुकरण गर्न सक्नेछन l

मलाई आशा छ यो लेख पढे पश्चात पाठकहरूले आफ्नो प्रतिक्रियामा भद्र र सभ्य भाषाको प्रयोग गरी आफू, आफ्नो परिवार र सिंगो देशलाई नै सभ्य नागरिक भएको परिचय दिनु हुनेछ।

प्रतिक्रिया