जनताको सुझावको कार्यान्वयन हुनुपर्छ: उद्योग मन्त्री बस्नेत
भक्तपुर, ९ साउन । उद्योग मन्त्री महेश बस्नेतले जनताको राय सुझाव सङ्कलनको क्रममा आएको सुझावलाई संविधान निर्माणमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
आज सूर्यविनायक नगरपालिका–६ स्थित सुगम बस्ती टोल सुधार समितिको नवौँ वार्षिक साधारणसभामा बोल्दै उहाँले राजनीतिक दलका नेता कार्यकर्ता एवम् सभासद्ले जनताको सुझावलाई शिक्षाको रुपमा लिनुपर्ने बताउनुभयो ।
जनताको सुझावलाई शिक्षाको रुपमा लिएर पाठ सिक्नुपर्र्नेमा जोड दिँदै मन्त्री बस्नेतले अतिवादी र जनताको बललाई कमजोर सोच्नेहरु आफैं पछि हट्दै जाने बताउनुभयो ।
जनताको राय सुझाव सङ्कलनको क्रममा प्रत्यक्ष कार्यकारीको पक्षमा रहेको बताउँदै जनताको यो सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । जनता राजनीतिक स्थिरता भएको सरकारको पक्षमा भएको भन्दै मन्त्री बस्नेतले यसतर्फ नेताहरुले ध्यान जानुपर्ने औँल्याउनुभयो ।
मन्त्री बस्नेतले संविधान निर्माणमा अब ढिलाइ नहुने बताउँदै भन्नुभयो, “संविधान निर्माण अब ढिला हुँदैन, साउन २५ गतेभित्र संविधान आउँछ, ढुक्क हुनुहोस् ।”
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया