शुक्रबार, असार ४ २०७८
काठमाडौं ०६:०२
वासिङटन डिसी 20:17

खोलामा नुहाउन पुगेका एक बालकको डुबेर मृत्यु

इनेप्लिज २०७२ साउन ९ गते ८:५४ मा प्रकाशित

विराटनगर, ९ साउन । मोरङमा खोलामा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ ।

सिसवनी जहदा–८ बस्ने भदो हस्दाको दुई वर्षीय छोरा शिवलाललाई घर नजिकको लोहन्द्रा खोलाले बगाउँदा डुबेर मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । साथीहरुसँग नुहाउन खोलामा पुग्दा सो घटना भएको हो ।

चट्याङ लागेर एक महिलाको मृत्यु

चट्याङ लागेर शुक्रबार बेलुकी धनकुटामा एक महिलाको मृत्यु भएको छ ।

लेगुवा–७ स्थित गहते सालघारी बस्ने ५७ वर्षीया डम्बरमाया भण्डारीको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उक्त स्थानमा लेगुवाबाट प्रहरी टोली खटिसकेको बताइएको छ ।

प्रतिक्रिया