एनआरएन अध्यक्षमा पहिलोपल्ट अमेरिकाको दावी, पूर्व महासचिव रतन झाको उम्मेदवारी घोषणा हुँदै
लस-एन्जलस, ९ साउन । आगामी असोजमा हुने गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को काठमाडौं विश्व सम्मेलनमा संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा निर्माण तथा रियल स्टेट डेभलपमेन्ट सम्बन्धि ब्यवसाय गरिरहेका संघका पूर्व महासचिव रतन झाले उम्मेदवारी दिने भएका छन् । एक औपचारिक समारोह मार्फत संघका पूर्व महासचिव रतन झाले आगामी साता संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने छन् ।
आगामी असोजमा हुने विश्व सम्मेलनमा (२०१५ देखि २०१७) आगामी दुई वर्षको लागि एनआरएनको नयाँ नेतृत्व चयन हुने छ । अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका संघका पूर्व महासचिव रतन झाले भने, ‘बुद्धि, वर्कत र क्षमता भएका नेपाली अमेरिकनलाई गैर आवासीय आन्दोलन मार्फत मातृभूमि नेपालको पुनर्निर्माणमा डोर्याउन मैले उम्मेदवारी दिएको हुँ ।’ ‘नेपालीहरुले मध्यपुर्व र खाडी क्षेत्रमा गएर चर्को श्रम गरि रहनु परेको छ’ उनले भने ‘यसबाट मुक्ति पाउने सबै भन्दा बलियो उपाय भनेको आन्तरिक रोजगारी सिर्जना हो र त्यसका लागि जरुरी पर्ने दक्ष शिप र पुंजीको भण्डार नेपाली अमेरिकनलाई मातृभूमि पुनर्निर्माणमा जोड्न अमेरिकाको तर्फबाट पहिलो पल्ट साझा उम्मेदबारको रुपमा मैले उम्मेदवारी घोषण गर्दै छु ।’
गैर आवासिय नेपाली अभियानलाई थप सुदृढ र संस्थागत गर्दै प्रलयकारी भूकम्पले अस्त व्यस्त बनेको मातृभूमि नेपालको पुनर्निर्माण, सुरक्षित आप्रवास र वैदेशिक रोजगारीको सुदृढीकरण तथा नेपालमा ज्ञान र पुँजीको लगानीका लागि विदेशमा रहेका नेपालीको क्षमता प्रयोग गर्न र बन्न लागेको संबिधानमा नेपाली नागरिकताको मुद्दालाई बिगत देखि आफुले प्रमुखताका साथ उठाउदै आएको उनले जानकारी दिए ।
झाले विश्वका ७१ मुलुकमा फैलिएका सदस्यहरुलाई समेटेर गैर आवासीय नेपालीलाई एकत्रित गर्ने आफ्नो योजना रहेको सुनाए । उनले नेपालमा पुँजी लगानी मात्र नभइ समुदायलाई आफ्नै खुट्टामा उभिन सक्षम बनाउन प्रदान गरिने ज्ञान, सिप र समय लगानीमा पनि गैर आवासीय नेपालीको ध्यान पुग्नु पर्ने र आफू त्यसका लागि तयार रहेको बताए ।
नेपालको सर्लाहीमा जन्मिएर संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा निर्माण तथा रियल स्टेट डेभलपमेन्ट सम्बन्धि ब्यवसाय गरिरहेका संघका पूर्व महासचिव झा संघ स्थापना देखिनै गैर आवासिय नेपाली अभियानमा सक्रियतासाथ् सहभागी हुँदै आएका छन् । उनको उम्मेदवारीलाई एनआरएन अमेरिका र एनआरएन अभियानका संस्थापक अगुवाहरुको समेत समर्थन रहेको स्रोतले पुष्टि गरेको छ ।
यसअघि गैर आवासिय नेपाली अभियान सुरु भएको एक दशक सम्म संस्थागत हुन नसकेको एनआरएन अमेरिका २०१४ मा भएको सामुहिक निर्वाचनसंगै संघको सबै भन्दा धेरै सदस्य रहेको राष्ट्रिय समन्वय परिषदको रुपमा विकास र विस्तार हुनुमा समेत झाको मुख्य भूमिका र योगदान रहेको नेपाली अमेरिकनहरुको विश्वास छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया