संबिधान दाजु बाजा गाजा सहित कहिले आउने ?

इनेप्लिज २०७२ साउन ९ गते १:५६ मा प्रकाशित

IMG_0425

संबिधान दाजु ,

नमस्ते !

प्रवासमा रहेको एक प्रवासीको तर्फबाट न्यानो अभिबादन l पशुपतिनाथको कृपाले आराम नै होला भन्ने आशा लिएको छु l तिमि आश्चर्यचकित पनि होलाउ l धन्ना नमान कलियुग हो सम्बोधन जे शब्दले गर्दा पनि हुने भएकोले मैले दाजु सम्बोधन गरि हाले l झन्डै ३ करोड जनसंख्या भएको मुलुकका कसैले पनि तिमिलाई दाजु या भाई भनि संबिधान गरेका थिएनन् l

तर यो प्रवासीले ईतिहास कोरी दिएको छ ,तिमिलाई दाजु भनि साईनो लगाएको छ l तिमिलाई त सबैले त भन्ने गरेका छन् l तिमिलाई हेपेका छन् l तिम्रो धज्जी उडाएका छन् l तिमिलाई जहिले पनि संबिधान मात्र भनि हेपाहा पाराले सम्बोधन गर्दछन l तिमि मौन छौ l यहि नै तिम्रो महानता हो l

तिमि माथि राजनीतिक दलका नेताहरुले खेलाउन खेलाए l तिम्रो जारी हुनु पर्ने मिति २०६७ जेठ १४ गते थियो तर भएन यो लेख लेख्दा सम्म तिमि थपिएको म्यादमा गुज्रेको दिन १ हजार ८ सय ८४ दिन भै सकेको रहेछ l ८ बर्ष सम्म तिमि गर्भबाट निस्कन सकेनौ l

मुद्राको कुरा त गर्दै नगरे पनी भो l १० औ अरब चिलिम भए l संबिधान बनाउने र सिक्ने भनि देश विदेश भ्रमण पनि तिम्रो लागि ६ सय १ सभासदहरु ब्रम्हाण्ड पुगे l २०६७ सालमा जारी हुनु पर्ने तिमि म्यादमा गुज्रेको दिन नै २ हजार दिन पुग्न पो लागेछ हौ ? यो भन्दा ज्यादा संयमता केहि हुदैन l तिमि जारी हुन्छु भनेको समयमा जन्मेको बालबालिका हुर्की सकेका छन् l

तिमि अझ पनि नेपाल आमाको गर्भ भित्र नै छौ l अमेरिकामा बस्ने यो प्रवासीले भाई भनि सम्बोधन पनि गर्न सक्थ्यो तर मन मानेन किनभने तिमि अझ पनि ओडार भित्र नै छौ l अस्तित्वमा आई पुगी हालेका छैनौ l भाई भनि सम्बोधन गरेको भए पनि हुन्थ्यो तर गरिन किनभने तिमि चानचुने संबिधान हैनौ l बाजा गाजा सहित तिमि आउने भएका छौ l तिमि अब छिट्टै आउने भएको डम्फु बजी सकेको छ l

विश्वका सर्बोकृस्ट संबिधान तिमि नै हुने छौ l यो हाम्रो दाबि छ l त्यसैले ८ बर्ष गर्भ भित्र नै बसेको बसै भयौ l कुरा भनेको सिधा गर्नु पर्छ l तिमि छिटो निस्कन चाहन्थ्यौ तर बाहिर निस्कन तिमिलाई निषेधित गरियो l तिमि भित्र भित्रै धेरै गुम्सियौ होला l थिलथिलो पनि भै सक्यौ होला l चिन्ता लाग्नु स्वाभाविक हुन्छ l

अब शिघ्र तिमि आउछौ भने पक्का भएको छ तर तिमि जारि नहुन्जेल के हो के हो ? डर लागि रहेको छ l तिमिलाई आउन नदिन नेपाल बन्द गरेका छन् अरे l गाडी तोडफोड र जलाईएको छ अरे l यति मात्र नभएर दुई पैसा कमाउने परिवार पाल्ने चालकलाई पनि गाडी भित्र नै जलाउने अमानवीय हर्कत गरियो अरे l केवल तिम्रो निम्ति l तिमि नेपाल आमाको गर्भ भित्र नै तुहिञ्छौ कि जस्तो सन्त्रास हुन् थालेको छ l

जसरि भए पनि तिमि अब अबिलम्ब बाहिर आउनु पर्ने भएको छ l २ बर्ष भित्रमा आउनु पर्ने तिमि कता अल्झियौ l अब जनताको प्रतिक्षाको बाँध रोकिदैन जस्तो छ l ब्रम्हाण्ड भर तिमि कहिले आउछौ भनि प्रार्थना सहित धैर्यता पुर्वक समस्त नेपाली पर्खि रहेका छन् l बिन्ति छ ,अब बाजा गाजा सहित आई देउ l तिमि उत्कृष्ट संबिधान बन यहि यो पंक्तिकारको शुभकामना !

अमेरिकामा बसेको प्रवासीको केहि कुरा तिमिलाई राख्न चाहन्छु l सल्लाह र सुझाब सबैको लिनु पर्छ भन्ने सुनेको छु l दाजु मैले पनि तिमिलाई केहि अर्ति र उपदेश राख्दा के बिग्रिएला त ?

दाजु ,नेपालमा संविधान सभा मार्फत संविधान बनाउने वहस २००७ सालबाटै सुरु भएको पनि हो । राज्यको बिबिध अवस्था र राज्य भित्रको द्धन्द्ध समाधान गरी शान्ति स्थापना गर्ने उद्देश्यलाई सहयोग पुर्‍याउन नयाँ संविधान निर्माण गरिएका दृष्टान्तहरु भेटाउन सकिन्छ । ग्वाटेमाला, केन्या, रुवाण्डा, निकारागुवा, ईराक ,पूर्वी टिमोर ,फिजी, अफगानिस्तान, कम्वोडिया, वुरुण्डी आदि देशका प्रयासहरु यसका उदाहरण हुन् ।

दाजु ,नेपाली कांग्रेसले भारतको वैरगनिया राष्ट्रिय सम्मेलनद्वारा राणा शासनको अन्त्यपछि जनताका प्रतिनिधिले बनाउने संविधानद्वारा शासन प्रणाली अगाडि बढाउने निर्णय गरेको थियो अरे l नब्बेको दशक पछि संसारका करिव दुई सय संविधानहरु मध्ये आधा जति संविधानमा धेर थोर संसोधित भएको पाईएको छ । नेपालमा सन् १९९० मा नयाँ संविधान अवलम्वन गरियो l

२००७ साल फागुन ७ गते राजा त्रिभुवनले जनताद्वारा निर्वाचित भएको वैधानिक सभाले तर्जुमा गरेको गणतान्त्रिक संविधान अनुसार शासन सञ्चालन हुने घोषणा गरे र प्रतिनिधित्व ऐन २००८’ जारी गरिएता पनि कार्यान्वयन हुन् सकेन अरे l

यसै गरि तिमिलाई २०६९ साल जेठ १४ गते संविधान जारी गर्नु पर्नेमा जारि नै नगरी संविधानसभा विघटन पो गरियो । संसारका दुई सयभन्दा बढी मुलुकमध्ये करिब ४० मुलुकमा मात्रै संविधानसभाबाट संविधान बनेको पाइन्छ । अधिकांस मुलुकमा संविधानसभाको निर्वाचन भएपनि नेपालमा जस्तै असफल भएको दृष्टान्त उत्तिकै देखिन्छन् ।

ईराकले १ बर्ष ,कम्बोडिया ३ महिना ,पूर्वी टिमोरले ३ महिना ,अफगानिस्तानले १ बर्ष भित्रमा संबिधान निर्माण गरेका पनि त छन् नि ? तर तिमिलाई २ बर्ष समय दिदा पनि भएन तारिख माथि तारिख मागेको मागै गरि ८ बर्ष पुरयाई दिएका छौ l तिम्रो दोष छैन l यो सब तिमिलाई भाड्ने नियति थियो l तिमि माथि गरिएको षडयन्त्र थियो l तर अब टर्यो l

तिमि मात्र यसको मारमा परेको छैनौ l सर्वप्रथम फ्रान्समा १७८९ मा गठन भएको संविधानसभा विधायिकी सभाले प्रतिस्थापन गरे पछि १७९१ मा संविधान बनाएर विघटन भएको थियो । पाकिस्तान १९५४, इटली १९४६, इजरायल १९४८, टर्की १९६१, नर्वेमा १८१४, अर्जेन्टिनामा १८५३,जर्मनी १९१९, लिथुआनिया १९२०, आयरल्याण्ड १९२२, भारत १९४९, दक्षिण अफ्रिका १९९४, पूर्वी टिमोर १९९६ र भेनेजुयला १९९९ मा संविधानसभाबाट संविधान बनाइ सकेको प्रसस्त उदाहरणहरु पनि छन् l रुसमा सन् १९१८मा संविधानसभा गठन भए पनि संविधान जारी गर्न असमर्थ भएको हो । संविधानसभाबाट सरल तरिकाबाट संविधान बनेको राष्ट्र दक्षिण अफ्रिका हो l

दाजु ,तिमिलाई थाहा छ ? नागरिक शिक्षाको अभाव, अवधारणाको अस्पष्टता तथा संविधानसभाको बनावट बीच सन्तुलनको अभावको कारण विश्वमा अधिकांस मुलुकमा संविधानसभाद्वारा संविधान निर्माण गर्ने कोसिस गरिएता अन्ततगत्वा संबिधान बन्न बाट बन्चित भएको देखिएको छ l सायद यसैले होला तिमि पनि बन्न बाट बन्चित भएका छौ l तिमि यसमा के भन्छौ ?

तिमि लाई थाहा छ , सन् २००० पछि विश्वका थुप्रै संविधानमा परिवर्तन भएको छ । उदाहरणका लागि सन् २००२ मा पूर्वी टिमोर र इन्डोनेसिया सन् २००३ मा ,रुवान्डा सन् २००४ मा मध्ये अफ्रीकी गणतन्त्र ,अफगानिस्तान सन् २००५ मा ,इराक ,अर्मानिया र कतार सन् २००६ मा कङ्गो र बोलिभिया सन् २००७ मा ,थाइल्यान्डमा सन् २००९ मा ,सन् २००० मा फिनल्याण्ड र फ्रान्स सन् २००१ मा कोमोरस ग्रीस केन्या र सेनिगल ,बोलिभियामा संविधानहरु परिवर्तन गरिएका छन् ।

गल्ति मानिसबाट हुने हुन्छ , ८ बर्ष सम्म भएका गल्तिबाट सबै राजनैतिक दलले पाठ सिकी असहमतिको गाठो बल्ल फुकाएका छन् l तिमि अन्तिम अवस्थामा छौ l दाजु ,संविधान राष्ट्र र जनताका लागि हो l संबिधान राष्ट्र र जनता होईनन् । राष्ट्र नै नरहेको अवस्थामा संविधान वा कुनै पनि राज्य व्यवस्थाको केही अर्थ या तुक रहदैन l

दाजु हिन्दिमा एउटा उखान छ ,देर से आया दुरुस्त आया भनेको जस्तै l अब केहि दिन भित्र तिमि आउने छौ l पृथ्वी भर यत्र तत्र सर्बत्र छरिएर रहेका सबै नेपालीको लागि खुशीको दिन हुने छ l तिम्रो अन्तिम रुप देखि हामी सबैको आशाको किरण पलाएको छ l

पशुपतिनाथले हामी सबैको कल्याण गरुन !

………………………………………….अस्तु

प्रतिक्रिया