शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:५४
वासिङटन डिसी 16:09

बन्दको क्रममा सत्ताइस सवारीसाधनमा क्षति

इनेप्लिज २०७२ साउन ८ गते १४:१९ मा प्रकाशित

Rss_Images_1437737473489_RS-KTM-taxi-5काठमाडौँ, ८ साउन । नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको क्रममा बन्दकर्ताले आज देशका विभिन्न स्थानमा १९ सवारीसाधनमा तोडफोड र आठवटा सवारीसाधनमा आगजनी गरेको गृह मन्त्रालयले जनाएको छ ।

सवारी साधन तोडफोड र आगजनीमा संलग्न तथा बन्द गराउँदै हिँडेका उपत्यकामा ९९ जना र उपत्यका बाहिर १४८ गरी २४७ जनालाई प्रहरीले नियन्त्रण लिएको गृहले जनाएको छ ।

बन्दको क्रममा जनजीवन प्रभावित भएपनि सुरक्षा सतर्कताका कारण कुनै अप्रिय घटना नघटेको मन्त्रालयका सहायक प्रवक्ता खुमकान्त आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया