बन्दले असर गर्दैन, मुस्ताङ खुल्ला छ
मुस्ताङ, ८ साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव हिमाली जिल्ला मुस्ताङमा भने परेको छैन । यहाँका बजार, उद्योगधन्दा, विद्यालय र यातायातका साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।
पर्यटकीय जिल्लामा बन्दको समयमा पनि पर्यटकको चहलपहल देख्न सकिन्छ । अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने भन्दै यसअघि नै यहाँका राजनीतिक दल र सरोकारवाला निकायबीच कुनै पनि बहानामा बन्द नगर्ने सहमति भएको थियो ।
चन्द नेतृत्वको माओवादीको प्रभाव कम र सबैमा बन्द गर्न हुँदैन भन्ने चेतनाका कारण बन्द नभएको बताइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जिल्लाभर सवारी साधन सञ्चालन भएको बताउनुभयो ।
“यहाँ बन्दको कुनै प्रभाव छैन, पर्यटकलाई यहाँबाट अन्य जिल्लामा जान भने केही समस्या भएको पाएका छौँ”, उहाँले भन्नुभयो –“मुस्ताङमा कुनै पनि संस्थाले गरेको बन्दले असर गर्दैन ।”
यसैबीच, बन्दका कारण म्याग्दीमा भने जनजीवन प्रभावित भएको बताइएको छ । म्याग्दीबाट मुस्ताङ आउने कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा मुस्ताङको घासाबाट पर्यटक बाहिर जान नसकेको बताइएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया