अनाथगृहलाई मौसमी श्रेष्ठको आर्थिक सहयोग

इनेप्लिज २०७२ साउन ७ गते १८:०२ मा प्रकाशित

photoनेपालमा जन्मिएर अमेरिकामा बसोबास गर्दै आएकी समाजसेवी मौसमी श्रेष्ठले भक्तपुरमा रहेको सिर्जनशील बालआश्रमलाई आर्थिक सहयोग गरेकी छिन् ।

सन् १९९६ देखि अमेरिका रहेर साइन्स इन हेल्थ केयर म्यानेजमेन्ट विषयमा ब्याचलर डिग्री हासिल गरेकी मौसमीले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी छन् । भौगोलिक रुपमा नेपालदेखि टाढा रहे पनि भावनात्मक रुपमा सधैँ नेपालीको सुखदुःखमा साथ दिँदै आएकी उनले यही साउन ५ गते मंगलबार न्यानोपन नामक संस्थाले आयोजना गरेको कार्यक्रममा बालआश्रमका लागि आर्थिक सहयोग गरेकी हुन् ।

समाजसेवी श्रेष्ठबाट प्राप्त ७५ हजार रुपैयाँको सहयोग रकम नायिका केकी अधिकारी, संस्थाका अध्यक्ष अभिनेता तथा क्याप्टेन विजय लामा, बालकल्याण समितिका सदस्य ज्ञानबहादुर लामाले बालआश्रमका अध्यक्ष उमादेवी बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

11232946_844122759012832_7725867465473767842_nकार्यक्रममा अभिनेता तथा क्याप्टेन लामाले यस किसिमका सहयोगलाई न्यानोपनले पनि अगाडि बढाउने बताए । त्यस्तै नायिका अधिकारीले यस्ता खालको मानवीय सेवामा आफूसमेत समर्र्पित हुने बताइन् । बालकल्याण समितिका लामाले उक्त बालआश्रमलाई अनाथगृह नभएर हेरचाह गृह भनिनुपर्ने बताए ।

11752397_10203861942543726_4113547713518041175_nअर्जुनबहादुर तामाङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा समाजसेवी लक्ष्मी योञ्जन, भिडियो निर्देशक सुलोचना थिङ, सञ्चारकर्मी रोजिना लामा, मुगुम बौद्ध संघका उपाध्यक्ष तोर्ची लामा, गायक सविन घिसिङ, व्यवसायी सुवास तामाङलगायतले यस्ता सामाजिक कार्यमा सबैले हातोमालो गरी साथमा साथ दिने प्रतिबद्धता जनाए । आश्रममा हाल २० अनाथ बालबालिकाले आश्रय लिइरहेका छन् ।

यस्तै, समाजसेवी मौसमीले यसअघि वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावित चितवनका पहाडी गाविसका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकी थिइन् । भूकम्पबाट पीडित चितवनको कविलास–१ भार्लाङस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्ने १ देखि ५ कक्षासम्मका बालबालिकाहरुका लागि फर्निचर, स्कुल ब्याग, स्टेशनरी सामग्री सहयोग गरेकी थिइन् । नारायणगढ लेडी जेसिजको स्थापना दिवसको अवसर पारेर ती सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया