सिद्धिका भूकम्प पीडित चेपाङलाई जस्तापाता वितरण
सिद्धि । चितवनको पहाडी गाविस सिद्धिका भूकम्प पिडित चेपाङहरुलाई आज जस्तापाता वितरण गरिएको छ । सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाले पहिलो चरणमा १० घर परिवारलाई २ बण्डलका दरले १० फुटे जस्ता वितरण गरिएको सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिनुभयो । सिद्धि गाविस वडा नं.५ चेउराङका भूकम्पले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई गाविस र जिल्ला दैवि प्रकोप उद्धार समितिको सिफारिसका आधारमा जस्ता वितरण गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।
सोसियल इम्प्याक्टले सिद्धि वडा नं.८ नान्दारका १५ घर परिवार भूकम्प पिडित चेपाङहरुलाई आगामी शनिवार जस्ता वितरण गरिने इम्प्याक्टका म्यानेजर सुजन बस्नेतले बताउनुभयो । बैशाख १२ गते आएको भूकम्प पछि इम्प्याक्टले सिद्धि गाविसका सबै ६७४ घर परिवारलाई खाद्यान्न राहात वितरण गर्नुका साथै भत्किएका सबै विद्यालयहरु पुनर्निमाण गरिरहेको छ । इम्प्याक्टले सिद्धि गाविसमा विगत लामो समय देखि शिक्षा,स्वास्थ्य,आयआर्जन एवम् सामाजिक रुपान्तरणको लागि उल्लेखनिय काम गरिरहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताउनुभयो । सौराहा देखि सिद्धि सम्म जस्तापाता ढुवानीको लागि सशस्त्र प्रहरी सिमा सुरक्षा बल आपटारीले यातायातको व्यवस्था गरेको थियो ।
जस्तापाता वितरण कार्यक्रममा चेपाङ सहकारीका अध्यक्ष महेन्द्र चेपाङ, नेपाली काँग्रेसका यामप्रसाद चेपाङ, एमालेका दामाराम चेपाङ,एमाओवादी सिद्धि गाउँ कमिटीका इन्चार्ज गयासिंह चेपाङ लगायतको सहभागिता रहेको थियो ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया