गुणस्तरीय सेवा प्रदान गर्न टेलिकमलाई अग्रसर रहनुपर्ने: मन्त्री रिजाल
विराटनगर, ७ साउन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आज विराटनगर–२ स्थित नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।
पाँचतलाको उक्त भवन रु १४ करोड ४६ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न गरिएको हो । यसअघि भाडाको घरमा सञ्चालन हुँदै आएको सो कार्यालयले अबदेखि नवनिर्मित भवनबाट क्षेत्रीय कार्यालयका साथै शाखा कार्यालय पनि सञ्चालन गर्नेछ ।
सो अवसरमा मन्त्री रिजालले गुणस्तरीय, सुलभ र सस्तो मूल्यमा सेवा प्रदान गर्न नेपाल टेलिकम सदैव अग्रसर रहनुपर्ने बताउनुभयो ।
आफ्नो सेवालाई चुस्त र भरपर्दो बनाएर विदेशमा समेत नेपालीहरुको गौरव बढाउने प्रयाशमा लाग्न उहाँले टेलिकमलाई सुझाव पनि दिनुभयो ।
इन्टरनेटलगायतका सेवालाई टेलिकमले थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतालाई औँल्याउँदै उहाँले अन्य इन्टरनेट प्रदायक कम्पनीहरु पनि रहेकाले उपभोक्तालाई सहज र सुलभ सेवा प्रदान गर्ने ठूलो जिम्मेवारी टेलिकममाथि रहेको उल्लेख गर्नुभयो ।
पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक अशोक थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यले नेपाल टेलिकम आम जनतालाई अत्याधुनिक सेवा प्रदान गर्न अग्रसर रहेको बताउनुभयो ।
उहाँले गत फागुनदेखि नेपाल टेलिकमको ग्राहक सङ्ख्या अन्य सेवा प्रदायकको तुलनामा बढेको पनि दाबी गर्नुभयो ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया