​​अमेरिकामा किन नेपालीहरुले आफ्नो इलम बारे पुरा ओकल्दैनन

इनेप्लिज २०७२ साउन ६ गते १०:५३ मा प्रकाशित

bijay 1

पछिल्लो दशक देखि नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा अमेरिकाको महानगर क्षेत्रमा वृद्धि भै रहेको छ l यो क्रम जारी छ र अझ चाप बढ्दै छ l सपनाको संसार अमेरिकाले मोहनी लगाउन जानेको छ l

अमेरिका छिरेका नेपाली समुदाय लगभग सबै हात मुख जोर्न इलम गर्छन l अर्थात् काम गर्छन l इलम भनेको काम तथा कार्य /पेशा भन्ने लाई अर्थ्याउदछ l ३ लाखको हाराहारीमा जन संख्या भएकोले गणतीय हिसाबमा केहि प्रतिसत काम नगर्ने भए पनि काम नगरी घरमा बसी बसी बदेलको मासु ,खिर ,भुटेको मासु ,सेकुवा चै खादैनन् l इलम नगरी बसे परालको झटारो मात्र पाइन्छ अमेरिकामा l यो कुरा पक्का हो l जो पनि काम गरेको देखिन्छ l भाग दौड र भागभागको अवस्था छ l काम बाट घर लोथ भएर पुगिन्छ l लखतरान भएको देखिन्छ l काम ,काम र काम मै अडेको छ अमेरिका l

काम नगरी अमेरिकामा नेपाली समुदाय बस्ने गर्दैनन् किनभने अमेरिका नेपाल हैन l खानु पर्यो ,परिवार पाल्नु पर्यो ,घर चलाउनु पर्यो l जहाँ पनि मुद्रा नभई एक कदम पनि पाईला चाल्न सकिदैन l काम नगरी अमेरिकी सरकारले महाराजधिराज नेपालबाट आउनु भो भनि पुष्प गुच्छा सहित भब्य स्वागत गर्दै ज्वाई जस्तै गरि पाँच तारे पाहुना घरमा राखी ८४ व्यंजन पनि खुवादैन l

अमेरिकाले पाखुरी चलाउ ,परिश्रम गर र जीवन बनाऊ भन्ने मात्र गर्छ l अमेरिकामा आफैले बाटो कोर्नु पर्ने हुन्छ l इलम नगरी धरै छैन l इलम भनेको श्री लंकाको पृथकताबादी समुह हैन l श्रीलंकाले लिबरेशन टाइगर्स ऑफ़ तमिल ईलमलाई २६ बर्ष सम्म संघर्ष गरि २००९ मा यसका नाईके सहितलाई खतम गरे पछि तमिल ईलम अस्तित्व समाप्त भएको हो l

जति सुकै जे भनेता पनि अवसरको भुमि भएकोले अमेरिकामा हामी धन कमाउन आएका हौ l सम्वृद्धिको लागि पलायन भएका हौ l आफ्ना सन्तानका लागि देश छोडेका हौ l बाउ ,बाजे र बराजुले नेपालमा पुस्त सम्पति राखेको जस्तो यहाँ नहुने हुनाले पाखुरी प्रसस्त चलाउन जान्नु पर्छ l अमेरिका सत प्रतिसत काम गर्न कै लागि आईने र आईएकोले इलम सबैले गर्दछन l पढ्न आए पनि इलम गर्ने अनि मुद्रा कमाउने l घुम्न आए पनि दाउ पर्यो भने यता बस्ने इलम गर्ने अनि कमाउने l अमेरिकामा सबैको लक्ष्य इलम गर्ने अनि बोरामा पैसा कमाउने l

किन नेपालीहरुले आफ्नो इलम बारे सत्य तथ्य बारे ओकल्दैनन त आखिर ?

अमेरिकामा काम बारे सोध्ने त्यति धेरै चलन छैन l के काम गर्छन ? कहाँ गर्छस ? कामको प्रवृति के हो ? कस्तो काम छ ? कस्तो लाग्छ ? आदि सोधिने काम गरिन्छ किनभने यसलाई अस्वाभाविक मानिन्छ l

अमेरिकामा बिदेशीहरुले इलम बारेमा धेरै चासो राख्दैनन् l र उनीहरुले एक दुइ शब्द सोधे पछि गहिरिएर सोध्ने गर्दैनन l तर हामी नेपाली नेपालको जस्तो सोच्दछौ l काम बारे नेपालमा प्रहरीले अपराधीलाई ३ पुस्ते सोधे झै सोध्ने पनि गर्दछौ l र आफ्ना नजिकका आफन्त ,साथीभाई ,ईस्टमित्रलाई सोध्ने पनि गरिन्छ l धेरै कुरा फुत्काउने प्रयास गर्दा पनि फुत्किदैन किनभने जवाफ दिनेले पनि खुलेर गाठो फुकाउन चाहदैन l

फलाना इलम गर्छु भने पनि बिस्तृत बताउदैन l फलाना ठाउँमा काम गर्छु भन्ने चलन छ l यो इलम गर्छु भन्ने गरे पनि पुरा ओकल्दैनन l यसको अर्थ यो हैन कि सबैले यसो गर्छन भन्ने कदापी हैन l नेपालीहरु अमेरिका भर प्रसस्त ब्यबसायी ,उद्योगपति ,राम्रो ब्यापारको साथै उपल्लो दर्जामा इलम गर्ने भै सकेका छन् l यहि पढे लेखेकाले खुशी भै आफ्नो इलम अरुले सोध्नु भन्दा पहिला नै भनि दिन्छन l आफुले मासिक पाउने तलब बारे पनि ओकली दिन्छन lअमेरिका आएर पढे लेखेकाले फलाना ठाउँमा म यो इलम गर्छु भन्ने गर्छन किनभने त्यो उनको लागि शान पनि हुन्छ l र ,ईज्जत पनि बढ्ने भएकोले दिल खोलेर बकि दिन्छन l

पहिलो पुस्ता ,चिट्ठा प्रणालीबाट आएका ,उता खेति किसान, सानोतिनो ब्यापारी ,सानो तिनो तथा ठुलो काम गरेका ,नेपालमा राम्रो पदमा भएका ,राजनैतिक पहुच तथा राजनीति गर्ने ,मध्यम वर्गीय ,उमेर पाको भै सके पछि अमेरिका छिरेका आदिले यहाँ मध्यम र सामान्य प्रकारका जीवन धान्नको लागि इलम गर्ने हुनाले खुलस्त हुन् चाहदैनन् l राम्रो इलम पनि गर्ने पनि छन् र हुन्छन

भरसक इलम र्छु भन्ने मात्रको आभास दिन चाहन्छन किनभने अमेरिकामा जे पनि गर्नु पर्ने हुन्छ l जस्तो पनि इलम गर्नु पर्ने हुन्छ l किनभने बिरानो देशमा काम मात्र खुट्टा टेक्नलाई मात्र काम पाइयो भने काफी हुन्छ l इलम बारेमा गाँठो खोल्न अप्ठ्यारो तथा संकोचित मान्दछन l अमेरिका छिरेका धेरै मानिस नेपालका बिभिन्न पेशामा रही माथिल्लो दर्जामा समेत काम गरि सकेकाले खुलेर भन्न आँट गर्दैनन् lकिनभने नेपालमा आफु यस्तो थिए भन्ने हिनताबोध पनि भै रहेको हुन्छ भने फेरी नेपाल छोडेर बित्थामा दुख पाउन अमेरिका जानु भाको भनि कसैले भनि दिदा अझ मर्माहत हुन्छ l

नेपाल समुदायमा कुरा गर्ने मेलो भएकोले फलाना त अमेरिकामा यस्तो इलम पो गर्दो रहेछ भन्ने गरिने भएकोले अमेरिकामा मध्यम र सामान्य प्रकारका काम गर्ने नेपालीले इलम बारे मौन नै हुन् चाहन्छन l नेपालमा सलाम खाने व्यक्तिले अमेरिकामा साधारण काम गर्नु पर्ने बाध्यता पनि हुने भएकोले काम बारेमा जानकारी दिन चाहदैनन् l काम अर्थात् इलम गर्छु फलाना ठाउँमा मात्र भन्न रुचाउछन l नेपालमा राम्रो काम गर्ने मानिस यहाँ आएर परिवार ,लोक लाज ,समाजको डर र के भनि देला भन्ने मानसिकताको कारण इलम बारे नबताउने गरिएको देखिएको छ l

पछिल्लो समयमा अहिलेका पिढीले इलम बारे भन्न हिच किचाउदैन l नेपाली समुदाय बाक्लिदै गएकोले इलम बारे एक अर्कामा याद थाहा हुने पनि हुन्छ l कामको प्रवृति बारे अझ पनि गोप्य नै राख्ने गरेका हुन्छन l यहि जन्मेका बिदेशीलाई धेरै चासो नहुने हुन्छ तर हामी नेपाली समुदायलाई हाम्रो आदतको कारण वृतान्त भन्नु पर्ने र सोध्नु पर्ने हुन्छ l यस्ता कारण आफुले गर्ने इलम बारे राम कहानी सुनाउन चाहदैनन् l

तर अब परिस्थिति परिवर्तन भै सकेको छ l खुल्लम खुल्ला भन्ने पनि समुदाय पनि छन् l तर अझ पनि इलम बारे यहाँका मानिसले धेरै केरकार नगर्ने गर्छन l तर माथिल्लो र राम्रो जागिर हुनेमा यो लागु हुदैन l सामान्य इलम गर्नेहरुमा यस्तो देखिएको छ l

अमेरिकामा आउने चाहना राख्नु भएको छ भने यहाँ आए पछि सबै कुराको ज्ञान हासिल हुने नै छ l अमेरिकामा काम गर्नेहरुलाई के काम गर्छस भनि सिधा प्रश्न राख्नु भन्दा अगाडी एक पटक मिलाएर सोध्ने हो कि ? सायद यहि कारण बाट आजित भएर होला सामान्य काम गर्ने एक नेपालीले विश्व बैंकमा काम गर्छु भनि धाक पनि दिने गरेको सुनिएको छ l अर्काले मंगलग्रहमा मानवयान पुर्याउने संस्था नासामा काम गर्छु भनि भनेको उडन्ते खबर पनि चर्चामा नआएको हैन l

काम बारे खोतल्ने ,होच्याउने र आफु होच्चिने भएकोले यस्तो अवस्थाको श्रीजना नहोस भन्नको लागि झुटोको सहारा लिन कसैलाई नपरोस l अझ पनि अमेरिकामा इलम बारे सबै कुरा सोध्ने लाई अस्वाभाविक ठानिन्छ l अमेरिकामा इलम गर्नु नै ठुलो ईज्जत हुन्छ l अब अमेरिकामा बस्ने नेपालीको इलम बारेमा केहि भन्नु हुन्छ त यहाहरु ? यहाँहरुको जय होस् !

………………………………..अस्तु

प्रतिक्रिया