चेपाङ परिवारलाई सोलार बत्ती
इनेप्लिज
२०७२ साउन ६ गते ३:१० मा प्रकाशित
रत्ननगर (चितवन), ६ साउन । टुकी बत्तीको सहारामा जीवन गुजार्दै आएका चितवनको विकट सिद्धि गाविसका ३८० चेपाङ परिवारलाई सोलार बत्ती उपलब्ध गराइएको छ । भूकम्पपीडितलाई लक्षित गरेर सोलार बत्ती वितरण गरिएको हो ।
वैकल्पिक ऊर्जा कार्यक्रम तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा यहाँ चेपाङलाई सोलार बत्ती उपलब्ध गराइएको हो । स्थानीयवासी दलबहादुर चेपाङले सोलार बत्तीले चेपाङ अधिकारमा काम गर्नुपर्ने बाध्यता हट्दै गएको बताउनुभयो । अन्य चेपाङका लागि पनि सहयोग आवश्यक भएको उहाँको भनाइ छ ।
सो गाउँका अधिकांश ठाउँमा अझै विद्युत् पुग्न सकेको छैन । टुकीको भरमा उनीहरु साँझ–बिहान कटाउँछन् । उक्त बत्तीमा मोबाइल चार्ज गर्नसमेत मिल्ने छ । चेपाङसहित सो क्रममा १२ विद्यालय, गाविस र स्वास्थ्यचौकीलाई समेत सोलार वितरण गरिएको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया