मास्कोमा रूस–नेपाल दौत्य सम्बन्धको ५९ वर्षान्तको उपलक्ष्यमा समारोह

इनेप्लिज २०७२ साउन ६ गते ०:२२ मा प्रकाशित

197A6121मास्को, २० जुलाई २०१५ (सोमवार) । रूस महासंघका लागि नेपाली राजदूतावासको तर्पmबाट मास्कोको ‘पार्क पैेलेस’ स्थित रेष्टुराँको एक कक्षमा रूस (पूर्व सोभियत संघ) र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको ५९ वर्ष पूरा भएको उपलक्षमा भव्य समारोहको आयोजना गरिएको थियो । नेपाल र रूसका राष्ट्रिय झण्डाहरूले सिंगारिएको त्यस सभाकक्षमा गैरआवासीय नेपाली संघ तथा नेपाली छात्रसंघ लगायत रूसमा रहेका नेपालीहरूका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूका साथै रूस–नेपाल सहयोग तथा मैत्री समाजका प्रतिनिधिहरूको समुपस्थिति रहेको थियो ।

197A6119

रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले आमन्त्रित अतिथिहरुको स्वागत गर्दै दौत्य सम्बन्ध स्थापनाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभयो । महामहिमज्यूले आफ्नो सारगर्भित मन्तव्यमा दुई देशबीच कूटनैतिक सम्बन्ध र जनस्तरको सम्पर्कबारे छोटकरीमा प्रकाश पार्नुहुँदै गतः शताब्दीको उत्तरार्धको आरम्भमै नेपालको आर्थिक विकासको मेरुदण्डको निर्माण तथा प्राविधिक जनशक्तिको प्रशिक्षणमा रूसको योगदानको उच्च मूल्यांकन गर्नुहुँदै रूस (पूर्व सोभियत संघ) बाट उच्चशिक्षा प्राप्त गरेका ६ हजारजति विशेषज्ञहरुले विभिन्न उच्च आहोदामा रही देश विकासमा योगदान पु¥याइरहेकोे र यसै वर्ष रूसमा आफ्नो अध्ययन पूरा गरी डिग्री हासिल गर्ने दशौ नेपाली युवायुवतीहरू पनि समारोहमा उपस्थित रहेको जानकारी दिनुभयो । नेपालले हालै भोग्नुपरेको महाभूकम्पले पु¥याएको धनजनको अपूरणीय क्षतिको चर्चा गर्नुहुँदै भूकम्पपीडितहरूको उद्धारकार्यमा रूसद्वारा सरकारी स्तरबाट र जनस्तरबाट पनि पु¥याइएको सहायताको लागि हार्दिक कृतज्ञता जनाउनुभयो ।

197A6132रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले विगत ५९ वर्षको समयावधिमा रूसमा र नेपालमा पनि युगान्तकारी घटना घटेको जनाउँदै हालै नेपालले दैवीप्रकोपको सामना गर्नुपरे तापनि यस्तो विपदको घडीमा समेत नेपालीहरूले आत्मवल र साहसको प्रदर्शन गरेकोतर्पm औल्याउँदै यसबाट रूसीहरू र नेपालीहरूको चरित्रमा निकै समानता रहेको निश्कर्ष निकाल्नुभयो र यही समान चारित्रिक लक्षण नै दुवै देशका जनताहरूबीच मैत्री सुदृढीकरणको आधार हुने दृढता व्यक्त गर्नुभयो । नेपालको लागि अहिलेको विषम घडीमा मैत्री समाजले पनि सक्दो सहयोग पु¥याइरहेको छ भन्नुहुँदै मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले भविष्यमा रूस र नेपालबीच राजनैतिक, आर्थिक, सांस्कृतिक आदि सबै क्षेत्रमा सहयोग विकास हुँदै जाने छ भन्ने दृढ विश्वास जनाउनुभयो ।

197A6191गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष डा. बद्री के.सी.ले नेपालमा भूकम्प जानुभन्दा २ दिनअघि मात्र काठमाडौं पुगेको हुँदा महाभूकम्पको विभीषिका आफ्नै आँखाले देखेको जनाउँदै संस्थाको तर्पmबाट भूकम्पपीडित नेपाली दाजुभाई दिदीबहिनीहरुलाई केकस्तो सहयोग गर्न सकिन्छ भन्ने तुरुन्तै निर्णय लिएर काठमाडौंमा त्यतिखेर उपस्थित गैरआवासीय नेपाली संघका केही सदस्यहरुले तत्कालै काठमाडौंबाहिर भूकम्पपीडित क्षेत्रमा पुगेर सहायता कार्यमा जुटेको अनुभव बताउनुभयो । नेपालको लागि यस्तो विपदको घडीमा विभिन्न देशमा रहेका नेपालीहरूले नेपाल पुगी स्वयंसेवकको रूपमा कार्य गर्न थालेको र यसरी डाक्टर, नर्सको रूपमा उद्धारकार्यमा सहयोग गर्न चाहने सैयौं व्यक्तिलाई आउनुपर्दैन भनेर समेत जवाफ दिइएको र अहिले पनि भूकम्पपीडित नेपालको पुनर्निमाणमा सघाउन तत्पर व्यक्तिहरू सैयौंको संख्यामा रहेको जानकारी दिनुभयो । उहाँले भर्खरै रूसका विश्वविद्यालयहरूबाट डिग्री प्राप्त गर्ने विशेषज्ञहरुलर्पm सङ्केत गर्मै अहिले नेपालमा देशको आर्थिक विकासमा सघाउन सक्ने जनशक्ति समेत विद्यमान रहेको छ भन्नुहुँदै नेपालले रूसबाट वर्तमान समयमा आर्थिक सहयोग र ऋण नमागेर आर्थिक विकासमा लगानीको आह्वान गर्नु जरुरी छ भनी जोड दिनुभयो ।

197A6144गैरआवासीय नेपाली संघका संस्थापक–अध्यक्ष डा. उपेन्द्र महतोले विशेषतः यसै वर्ष विश्वविद्यालयको पढाइ समाप्त गर्ने नेपाली युवा–युवतीहरुलाई सम्बोधन गर्दै नेपालमा महाभूकम्पपश्चात्को नेपालमा दक्ष विशेषज्ञले काम नपाउने स्थिति नभएको जनाउनुहुँदै तत्कालै उनीहरूसमक्ष सबै ढोकाहरू सहजै खुल्ने स्थिति छैन र आफ्नै दक्षता र योग्यताले मात्र वांक्षित ढोका खुल्न सक्नेछ भन्ने आशयको भावाभिव्यक्ति दिनुभयो ।

 

यसै वर्ष पढाई समाप्त गर्ने नेपाली युवायुवतीहरुको प्रतिनिधित्व गर्ने डा. उमेश भट्टराईले सात वर्षअघि रूसमा पढ्न आउँदा बजारमा किनमेल गर्न समेत नसकिएको अनुभव बताउँदै आज रूसबाट विशेषज्ञ बनेर विक्रेताकै रोगको समेत निदान गर्न सक्ने क्षमता प्राप्त भएको अभिव्यक्ति दिएर भर्खरै उच्च शिक्षाको डिग्री प्राप्त गर्ने सबै नै रूसमा हासिल गरेको ज्ञान देशविकासमा लगाउनका लागि तत्पर रहेको जनाउनुका साथै अन्त्यमा उनले रूसका महाकवि अलेक्सान्द्र पुश्किनको प्रेमविषयक कविता मूल भाषामै वाचन गरेर रूसी मित्रहरूप्रति प्रेमाभिव्यक्ति झल्काएका थिए ।
तत्पश्चात् राजदूत–दम्पति डा. सुलोचना सापकोटाज्यरु तथा महामहिम डा. रविमोहन सापकोटा कोपिलाज्यूूले भर्खरै डिग्री प्राप्त गर्ने नेपाली युवायुवतीलाई क्रमशः टीका लगाई खादाले सम्मान गर्दै बधाई र शुभेच्छा व्यक्त गर्नुभयो ।
नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको ५९ वर्ष पूरा भएको उपलक्षमा मास्कोमा आयोजित भव्य समारोहको कुशल सञ्चालन उपनियोगप्रमुख श्रीमती इन्दिरा अर्यालबाट गरिएको थियो । समारोहका सहभागीहरूको सम्मानमा नेपाली राजदूत–दम्पतिको तर्पmबाट दिवाभोजको पनि आयोजना गरिएको थियो ।
फोत्रो सौजन्य ः बोरिस भेर्शिनिन
दिनाङ्क ः २१ जुलाई २०१५,
मास्को, रूस महासंघ ।

प्रतिक्रिया