सन्फ्रान्सिस्कोमा संविधान मस्यौदा संवन्धित छलफल

इनेप्लिज २०७२ साउन ५ गते २२:४९ मा प्रकाशित

unnamed (1)

१९ जुलाइ २०१५ का दिन, एनअारएन क्यालिफोर्निया च्याप्टर र क्यालिफोर्निया जनसम्पर्क समितिको अायाेजनामा सन्फ्रान्सिस्को सहरको अर्विनकरि रेष्टरेन्टको हल भित्र “नेपालकाे संबिधानकाे प्रारम्भिक मस्याैदा -2072” काे संबन्धमा एक ब्यापक छलफल सम्पन्न भएकाे छ । सो कार्यक्रममा नर्दन क्यालिफोर्निया तथा यस क्षेत्रमा वसोवास गर्ने नेपाली समुदाय बिच छलफल तथा सल्लाह सुझाब संकलन गर्ने कार्यक्रम रहेकाे थियो ।

अब बन्ने संबिधानमा आँफ्नो भावना समेत सहभागिता जनाउन पाउने उद्देश्यले सहभागिहरू अत्यन्त उत्साहित थिए । उक्त कार्यक्रममा एनआर एन अमेरिकाका उपाध्यक्ष डिल्लि भट्टराईले एनआरएनको उद्देश्य,सुझाव तथा भावी रणनीतिको वारेमा जानकारि दिए । त्यस्तै जन सम्पर्क समिति अमेरिकाका सचिव इश्वर सापकोटाले लोकतान्त्रिक भावनालाई समेटेर समयमै संविधान घोषणा हुनु पर्नेमा जोड़ दिए भने डा आमोद पोख्रेलले अव आउने संविधानमा सम्पूर्ण नेपालीको भावना प्रतिनिधित्व गर्नु पर्छ भन्ने कुरामा जोड़ दिए । वरिष्ठ समाज सेवि दुर्गा प्रसाद दाहालले एक पटकको नेपाली संधैको नेपाली भन्ने कुरामा जोड़ दिए त्यस्तै अर्का वक़्ता,वरिष्ठ समाज सेवि मणि नेपाली पनेरुले संविधानको मस्यौदाका वारेमा व्यापक अध्ययन गरी सुझाव पत्र तयार गरेका थिए उनको सो सुझाव पत्रमा हरेक क्षेत्रलाई समेटिएको थियो । एनआरएन अमेरिकाका सचिव शंकर खड्का,,हरिहर दाहाल, घन प्रसाद दवाडी,उत्तम कार्की,लक्ष्मी कार्की,विष्णु एकता गुरूँगं,युवराज भट्ट,सुरेन्द्र मल्ल,तेज़ राई,सन्निभेल समाजका अध्यक्ष वलराम,ध्रुव दाहाल, दिक्षा वस्नेत,विष्णु शाहले पनि आँफ्ना भनाइ राखेका थिए।

उक्त कार्यक्रममा क़ानून विद यज्ञ नेपाल र गोपाल शाहले भरखरै वन्न लागेको संविधानको मस्यौदाका वारेमा जानकारि दिएका थिए र संकलित प्रश्नकर्ताका जवाफ दिन र विदेशमा नेपालीका भावना समेटन प्रत्यक्ष स्केपमा गगन थापालाई जोडेर क़ुरा गरिएको थिए । त्यसै क्रम्माँ गगन थापाले विदेशमा वस्ने सम्पूर्ण नेपालीको एउटै भर्सन भएको र सवैको यो अनिवार्य चाहनालाई पुरा गर्न हामी लागीपर्ने छौं भन्ने जवाफ दिए। सन्फ्रान्सिस्कोको सो हाेटलमा हुने छलफलमा यस क्षेत्र वरपर रहेका बिभिन्न ठाउँमा वस्ने बिज्ञ ब्यक्ति तथा कानुन ब्यबसाहीहरुकाे समेत सहभागिता रहने र प्रारम्भिक मस्याैदाकाे लागी प्राप्त अमुल्य सुझाब नेपाल सरकारकाे मस्याैदा समितीसम्म पुर्याइने उद्देश्यले अायाेजकले सो कार्यक्रम गरेको हो । यस्तै अर्को कार्यक्रम केहि महिना अगाडी गठन भएकाे एनअारएन क्यालिफोर्निया च्याप्टर लगायत नर्दनक्यालिफोर्नियाका बिभिन्न संघ संस्थाको सामूहिक प्रयासमा केहि दिन अगाडी समेत टिपीएसकाे बारेमा बिभिन्न कानुन ब्यबसायी र नेपालीहरुले जानकारी मुलक छलफल कार्यक्रम सम्पन्न गरेका थियाे ।

उक्त कार्यक्रम एनआरएन क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पूर्ण चन्द्र वानिया र जन सम्पर्क समिति क्यालिफोर्निया च्याप्टरको सभापती पूर्ण सेर्पाको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो भने सो कार्यक्रम नारायण खनालले संचालन गरेका थिए ।

unnamed (2)

 

प्रतिक्रिया