नेपालका आदिकवि एवं महान् साहित्यिक विभूति भानुभक्त आचार्यको २०२-औं जन्मजयन्तीको उपलक्षमा विश्व नेपाली साहित्य महासंघ रुस को तत्वावधानमा १९ जुलाई २०१५ (आइतबार) का दिन मस्कोनगरको वनस्पति-उद्यानमा शी कृष्णप्रकाश श्रेष्ठको अध्यक्षतामा साहित्य समारोह सुसम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथिको आसन रुसका लागि नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटा कोपिलाज्यूले ग्रहण गर्नु भएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक-अध्यक्ष डा. उपेन्द्र महतो, यसै संघका अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) का कोषाध्यक्ष डा. बद्री के.सी., आईसीसीका सदस्य एवं विश्व नेपाली साहित्य महासंघ रुस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, एनआरएनए रुसका कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमन, निवर्तमान अध्यक्ष उत्सवकुमार अमात्य, प्रथम अध्यक्ष डा. सूर्यप्रसाद रिजाल, नेपाली नारी निकुञ्जकी अध्यक्ष डा. समता प्रसाद, रूस-नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल, नेपाल खेलकूद तथा संस्कृति समाजका उपाध्यक्ष रामेश्वर गौतम, नेपाली छात्रसंघ (जनमैत्री विश्वविद्यालय) का अध्यक्ष उत्तम लामिछाने लगायतले भानुभक्त आचार्यको देनबारे प्रकाश पार्नुभएको थियो ।
वनभोज कार्यक्रमसहित सम्पन्न भएको भानुजयन्ती समारोहमा कविता-प्रतियोगिता, आशु कविता लेखन प्रतियोगिताको पनि आयोजना गरिएको थियो । त्यसमा सहभागी भै प्रथम र द्वितीय हुने क्रमश: श्रीमती कमला रावल पान्डे र डा. उमेशप्रसाद भट्टराईलाई हार्दिक बधाई दिन चाहन्छु ! दुवै कविता-प्रतियोगितामा संयोगवश वहाँहरु नै क्रमश: प्रथम र द्वितीय हुनुभएकोमा वहाँहरुलाई कवितालेखनमा उत्तरोत्तर सफलताको कामनासहित फेरि पनि हार्दिक बधाई !
वरिष्ठ साहित्यकार श्रद्धेय कृष्णप्रकाश श्रेष्ठलाई विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिद्वारा “नेपाली साहित्यदूत ‘सगरमाथा’ २०१४” सम्मानपत्र प्रदान गरिएकोमा वहाँलाई हार्दक बधाई !!!
आफ्नो अमुल्य समय निकालेर हाम्रो साहित्यिक समारोहमा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनुभएकोमा रुस महासंघका लागि नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटा कोपिला ज्यु, उपनियोगप्रमुख श्रीमती इन्दिरा अर्यालज्यु र सहचारी श्री राधारमण दुबेज्युलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
कविता-प्रतियोगिताको निर्णायक मण्डलमा बसेर सहयोग गर्नुभएकोमा म्याडम डा. सुलोचना सापकोटा ज्युलाई बिशेष धन्यवाद दिन चाहन्छु !
सधै झैँ यस पटक पनि मन, वचन र कर्मले सहयोग गर्नु भएका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक-अध्यक्ष डा. उपेन्द्र महतो, केन्द्रिय कोशाध्यक्ष डा. बद्री के.सी., केन्द्रिय सल्लाहकार डा. मणिराज पोखरेल र रुसबाट केन्द्रिय प्रतिनिधि श्री गोविन्दप्रसाद गौतम (वहाँ हाम्रो विश्व नेपाली साहित्य महासंघ रुसका अध्यक्ष पनि हुनुहुन्छ) लाई हार्दिक धन्यवाद दिन चाहन्छु । वरिष्ठ साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठ कार्यक्रमको सभापतित्वका लागि र गैरआवासीय नेपाली संघ रुसका कार्यबाहक अध्यक्ष श्री डिल्ली खरेल “सुमन” (वहाँ हाम्रो विश्व नेपाली साहित्य महासंघ रुसका कोषाध्यक्ष पनि हुनुहुन्छ) आँसु कविता लेखन प्रतियोगिता ब्यवस्थापनका लागि बिशेष धन्यबादका पात्र हुनुहुन्छ ! श्री बलराम आचार्यलाई छायांकन सहयोगका लागि धन्यबाद दिन चाहन्छु । नेपाली नारी निकुञ्ज मस्कोकी अध्यक्ष डा. समता प्रसादलाई हामीलाई हौसला र प्रोत्साहन प्रदान गर्नका लागि हार्दिक धन्यवाद दिन चाहन्छु !
वनभोज ब्यबस्थापन समितिका रातदिन खट्ने मित्रहरु संयोजक श्री गणेश रामदाम, सहसंयोजक श्री सन्तोष के.सी. र श्री रामेश्वर गौतम, सदस्यहरु – डा. कुमार कार्की, श्री मनोज अमात्य र श्री इन्द्रप्रसाद भूसाललाई अन्तर हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ! वहाँहरु सबैको सक्रियता र सहयोग बिना यो कार्यक्रम असम्भवप्राय: थियो । साथै सक्रिय सहयोग गर्ने गणेश गौतम, चन्द्रमान तामांग, रामबाबु पान्डे, राकेश झा, संजीव शर्मा र राज कुमार पान्डेलाई पनि धन्यवाद दिन चाहन्छु । आर्थिक संकलन का लागि पहल गर्ने मित्रहरु श्री डिल्ली खरेल “सुमन” र श्री मनोज अमात्य बिशेष धन्यबादका पात्र हुनुहुञ्छ ।
गैरआवासीय नेपाली संघ, रुसका प्रथम अध्यक्ष डा. सुर्यप्रसाद रिजाल, निबर्तमान अध्यक्ष श्री उत्सवकुमार अमात्य एबं सम्पूर्ण पदाधिकारी र सदस्य मित्रहरु बिशेष गरि श्री सुमन रिजाल, श्री कुलबहादुर थापा, श्री दिनानाथ राजभण्डारी र श्री एकनाथ दवाडीलाई हरप्रकारको सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । बिद्द्यार्थी समुदायबाट सक्रिय सहयोगका लागि प्रभाकर झा र उत्तम लामिछानेलाई बिशेष धन्यबाद छ ।
कविता प्रतियोगितामा प्रथम पुरस्कारका प्रायोजक डा. एकनारायण चापागांई, द्वितीय पुरस्कारका प्रायोजक श्री गोविन्दप्रसाद गौतम, त्यस्तै गरी “आँसु कविता लेखन प्रतियोगिता” का योजनाकार एबं प्रथम पुरस्कारका प्रायोजक डा. बद्री के.सी. र द्वितीय पुरस्कारका प्रायोजक श्री खेम लामिछानेप्रति हार्दिक आभार ब्यक्त गर्दछु । कार्यक्रम को लागि बिशेष सहयोग गर्ने श्री शिवमणि भुर्तेल र डा. भीष्म आचार्यज्युलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
आर्थिक सहयोग गरी हाम्रो कार्यक्रम सफल बनाइदिने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै रुसमा सक्रिय नेपाली संस्थाहरु नेपाली नारी निकुञ्ज मस्को, नेपाल खेलकुद तथा संस्कृति समाज र नेपाली छात्र संघ का सम्पूर्ण पदाधिकारी र सदस्य मित्रहरु लाई धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा, कार्यक्रममा केही त्रुटी हुन गएको भए यहाँहरु सबैप्रति म क्षमाप्रार्थी छु !
आफ्नो सक्रिय सहभागिता र सहयोग ले हाम्रो साहित्यिक कार्यक्रम सफल बनाइदिनु भएकोमा विश्व नेपाली साहित्य महासंघ, रुस शाखाका तर्फबाट भविष्यमा पनि येस्तै सहयोग पाउने आशा र विश्वासका साथ एक पटक फेरि सम्पूर्ण साहित्यप्रेमी मित्रहरुलाई मुरीका मुरी धन्यवाद दिन चाहन्छु !
डा. मन मूर्ति भुर्तेल
सचिव,
विश्व नेपाली साहित्य महासंघ,
प्रतिक्रिया