कारागारबाट फरार कैदी पक्राउ

इनेप्लिज २०७२ साउन ५ गते १४:१६ मा प्रकाशित

pakraauकाठमाडौँ, ५ साउन । भूकम्पको मौका छोपी सिन्धुपाल्चोक कारागारबाट भागी फरार रहेका फुर्वा शेर्पा काठमाडौँमा चोरीमा संलग्न भएको अवस्थामा पक्राउ परेका छन् ।

यसअघि सिन्धुपाल्चोक जिल्लामा दावा तामाङका घरमा चोरी गरेको अभियोगमा जिल्ला अदालत सिन्धुपाल्चोकबाट एक महिना कैद र रु. आठ लाख ५० हजार जरिवाना सजाय तोकिएका शेर्पा गत वैशाख १२ गतेको भूकम्पपछि कारागारबाट फरार भएका थिए ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीसहित सिन्धुपाल्चोककै राजन तामाङ, मनोज तामाङ, फुर्वा शेर्पा(अर्का अभियुक्त) र सुकमान तामाङलाई पक्राउ गरेको छ । चोरीमा सङ्लग्न चार जनालाई पक्राउ गरी आज महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजहरुले काठमाडौँको बाौद्ध, थली तथा डाँछीलगायत विभिन्न स्थानमा चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्तका साथबाट चोरीका सुनचाँदीका गरगहना, ल्यापटप, टिभीलगायत सामान प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया