बाह्रवर्षे बालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ

इनेप्लिज २०७२ साउन ४ गते १५:४० मा प्रकाशित

rape-victim2भक्तपुर, ४ साउन । बालिका बलात्कार गरेको आरोपमा भक्तपुरमा सूर्यविनायक–५ बस्ने ७६ वर्षका बाबुकाजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–४ कटुञ्जेस्थित गैह्रीगाउँमा डेरामा बस्दै आएकी १२ वर्षे बालिकालाई उनकै डेरामै गएर आइतबार साँझ बलात्कार गरेको आरोपमा बस्नेतलाई प्रहरीले महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको हो ।

आरोपित बस्नेतलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिनेशकुमार भण्डारीले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षणका प्रसूतिगृह पठाएको प्रहरीले जनाएको छ । कटुञ्जेका स्थानीयवासीले आरोपित बस्नेतलाई कडा कारबाहीको माग गर्दै प्रहरी वृत्त थिमिमा घेराउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया