सोह्र बुँदे सहमतिअनुसार संविधानको मस्यौदा: मन्त्री साउद

इनेप्लिज २०७२ साउन ४ गते १२:१५ मा प्रकाशित

14100807NP-saudभीमदत्तनगर, ४ साउन । सिँचाइ मन्त्री नारायणप्रकाश साउदले चार राजनीतिक शक्तिबीच भएको १६ बुँदे सहमतिअनुसार नयाँ संविधानको मस्यौदा जनतामा आएको बताउनुभएको छ ।

संविधानको मस्यौदामाथि सुझाव सङ्कलन गर्न कञ्चनपुरको क्षेत्र नं २ कृष्णपुर गुलरिया पुग्नुभएका मन्त्री साउदले संविधान सहमतिको दस्तावेज भएको र सहमतिमै संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभयो ।

मस्यौदामाथि आ–आफ्ना दृष्टिकोण राख्न आग्रह गर्दै उहाँले जनभावना समेटेर मात्रै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

राप्रपा नेपालको जुलुस

दार्चुलामा संविधानको प्रारम्भिक मस्यौदामा राय सुझाव सङ्कलन सुरु हुनासाथ राप्रपा नेपालका कार्यकर्ताहरुले जुलुस निकालेका छन् । कञ्चनपुरको भीमदत्तनगर र बेलौरीमा पनि राप्रपा नेपालका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । पार्टीको झन्डासहित सुझाव सङ्कलनस्थल प्रवेश गर्न लागेका उनीहरुलाई मूलद्वारमै रोक लगाइएको छ ।

प्रतिक्रिया