पाँचथर, ३ साउन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले अब बन्ने संविधानमा प्रेस स्वतन्त्रतालाई कुनै अङ्कुश नलगाइने स्पष्ट गर्नुभएको छ ।
सदरमुकाम फिदिममा आज आयोजित पार्टी कार्यकर्तासँगको भेटघाटमा उहाँले प्रेस स्वतन्त्रतामाथि कुनै बन्देज नरहने बताउँदै प्रेसमैत्री संविधान बनाउन हदैसम्मको प्रयत्न गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रतामैत्री संविधान बन्छ, तर जसले समाचार प्रकाशन प्रसारण गरेको हो, उसले त्यो समाचारप्रति जिम्मेवारी भने लिनै पर्दछ ।”
अर्को एक फरक प्रसङ्गमा उहाँले संविधानको मस्यौदामाथि सभासद्मार्फत आफ्नो राय, सुझाव, सल्लाह दिन नागरिकसँग आग्रह गर्नुभयो । साउन महिनाभित्रै संविधान जारी हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया