अनेसास नेपाल च्याप्टरको स्रष्टा भेटघाट कार्यक्रममा साझा प्रकाशनबारे छलफल

इनेप्लिज २०७२ साउन ३ गते १२:२५ मा प्रकाशित

२०७२ साउन ३ गते, काठमाडौं ।अनेसास नेपाल च्याप्टरको नियमित मासिक स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न

भएको छ । अनेसास नेपाल च्याप्टरका अध्यक्ष श्री राधेश्याम लेकालीकोअध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि साझा प्रकाशनसंचालन समितिका सदस्य वरिष्ठ साहित्यकार प्रदीप नेपाल रहेका थिए । अन्य अतिथिहरूमाशिक्षा सामग्री केन्द्र लिमिटेडका महाप्रबन्धक तथा साझा प्रकाशन संचालक समितिकासदस्य अनिलकुमार झा र साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मारहेका थिए । कार्यक्रम संयोजक सुशिला खड्का हसिनाले संचालन गरेको सोकार्यक्रममा विभिन्न स्रष्टाहरूले आफ्नो रचना तथा सिर्जना प्रस्तुत गरेका थिए । सो

कार्यक्रममा रसियाका बाल स्रष्टा जेनुइन श्रेष्ठ, लुना खड्का, दीप्स शाह(इजरायल), शशी थापा पण्डित, लक्ष्मी रूम्बा, नवराज पराजुली, नीशा के.सी., विमलवैध (इलाम), द्रोण पराजुली, बुद्घि विश्वकर्मा, नीता श्रेष्ठ (मस्को), डी.आर.,

भुवन थापा, भगवती रोका ‘भूमिका’ लगायतका स्रष्टाहरूले आ–आफ्नो गीत, गजल,मुक्तक, कविता प्रस्तुत गरेका थिए ।इलामका स्रष्टा विमल वैध, इजरायलमा बसोबास गर्नुहुने स्रष्टा दीप्स शाह, रसियामाबसोबास गर्नुहुने स्रष्टा नीता श्रेष्ठलाई कार्यक्रममा स्वागत सम्मान गरिएको थियो।कार्यक्रममा साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माले साझाप्रकाशनको पुष्ठभूमि तथा यसको विकासक्रमलाई सकारात्मक तवरले चित्रण गर्नु भएकोथियो । कार्यक्रमका प्रमुख अतिथि प्रदीप नेपालले साझा प्रकाशनले अनेसासकाकृतिहरूलाई विक्री वितरण गर्न प्रयोजनका लागि चाँडै सम्झौता सम्पन्न हुनेबताउनु भएको थियो । उहाँले सो अवसरमा साझा प्रकाशनको विद्यमान समस्यालाई

छिट्टै नै समाप्त गरी नौं वर्षदेखि हुन नसकेको साधारण सभा यथासिघ्र गराईजिम्मेवारीबाट मुक्त हुनेसमेत बताएका थिए ।रेडियो हिमालयका प्रतिनिधि बुद्घि विश्वकर्माले सम्पूर्ण कार्यक्रमको रेकर्ड गरीप्रसारण गर्ने बताए ।

प्रतिक्रिया