पहिरोपीडितलाई राहत

इनेप्लिज २०७२ साउन ३ गते २:३६ मा प्रकाशित

इलाम, ३ साउन । होटल एसोसिएसन नेपाल(हान), इलामले गोदक–१ राजदुवालीमा रहेका पहिरोपीडितलाई शनिबार राहत प्रदान गरेको छ ।

एसोसिएसनले होटल व्यवसायीबाट रकम सङ्कलन गरी रु १० हजार र दुई बोरा चामल राजदुवालीका टेकबहादुर मगर र रणबहादुर मगरलाई प्रदान गरेको हो । गत असार १५ गते राति परेको अविरल वर्षाका कारण पहिराले घरबारविहीन बनेका उनीहरुलाई जनही रु पाँच हजार र एक बोरा चामल प्रदान गरिएको हानका सचिव तोया ढकालले बताउनुभयो ।

हानले गोदकस्थित माईभगवती वृद्धाश्रमका १३ वृद्धवृद्धालाई पनि फलफूल, छाता र टर्चलाइट वितरण गरेको कोषाध्यक्ष मिलन राईले जानकारी दिनुभयो । वृद्धाश्रमका अध्यक्ष विष्णु दाहालले अहिलेसम्म दुःखसुखका साथ आश्रम सञ्चालन भइरहेको बताउनुभयो ।

प्रतिक्रिया