लघुकथाको बिक्रीबापतको रकम बालबालिकालाई

इनेप्लिज २०७२ साउन ३ गते १:३३ मा प्रकाशित

Eaklabyaकाठमाडौँ, ३ साउन । लेखक रवीन्द्र समीरले आफ्नो नयाँ लघुकथासङ्ग्रह ‘एकलव्य दृष्टि’ को बिक्रीबाट प्राप्त रकम भूकम्पपीडित बालबालिकालाई प्रदान गरिरहनुभएको छ ।

उहाँले कृतिबाट प्राप्त सम्पूर्ण लेखकस्वबाट काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ र नुवाकोटका १४१ बालबालिकालाई सरसफाइ, पोषण, स्वास्थ्य र शिक्षाका लागि शैक्षिक सामग्री र मनोपरामर्श शिक्षा दिनुभएको छ । फाइन प्रिन्ट प्रालिद्वारा गत चैतमा प्रकाशित सो कृतिको पाँच हजार बिक्री भइसकेको र दोस्रो संस्करण पनि प्रकाशन भइसकेको लेखक समीरले बताउनुभयो ।

लेखकको दशौँ सो कृतिमा राजनीतिक, आर्थिक, सामाजिक एवं स्वास्थ्यसम्बन्धी विषयका विकृतिमाथि व्यङ्ग्य गरिएका ८२लघुकथा समाविष्ट छन् । जनस्वास्थ्य विशेषज्ञ पनि रहनुभएका समिर डा रवीन्द्र पाण्डे नामले स्वास्थ्य क्षेत्रमा चिनिनुहुन्छ । उहाँले वैशाख १२ गतेको भूकम्पछि आठ जिल्लाका ५४ क्षतिग्रस्त गाउँ र नगरमा निःशुल्क स्वास्थ्य शिविर चलाई आठ हजारभन्दा बढीलाई सेवा पनि पु¥याउनुभएको छ ।

प्रतिक्रिया