गजल-यौटा यस्तो जमानै थियो

इनेप्लिज २०७२ साउन ३ गते ०:०० मा प्रकाशित

Ram C Sharma (2)

यौटा यस्तो जमानै थियो पैदल कि साइकलमा

जहा गयो आनन्दै लियो पैदल कि साइकलमा !

उठेर सबेरै होस् कि चुठेर बिहानै होस्

भट्टी पस्यो शराबै पियो पैदल कि साइकलमा !

खेति पाती महिलाको, घरजम महिलैको

पुरुषले जबाफ़ै दियो पैदल कि साइकलमा !

तैपनि सुख थियो रे सबै खुशी नै थे भन्छन

के भएर कमानी खियो पैदल कि साइकलमा !

विज्ञानले सुबिधा र सुख पाइयो भने पनि

आजभोलि संसारै मियो पैदल कि साइकलमा !

पर्ख पर्ख साथि हो हाम्रो सबै गतिबिधि

गरिरहेछ कोहि चियो पैदल कि साइकलमा !

प्रतिक्रिया