गैँडा संरक्षणमा उल्लेख्य उपलब्धि: ‘आव ०७१/७२ शून्य चोरी सिकार’
रत्ननगर (चितवन), २ साउन । चितवनमा गएको एक वर्षमा कुनै पनि गैंडा चोरी सिकारबाट नमारिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले आव २०७१÷७२ मा निकुञ्ज र जिल्ला वन क्षेत्रमा कुनै पनि गैँडाको चोरी सिकार नभएको जानकारी दिनुभयो ।
वन्यजन्तु संरक्षणमा जनस्तरमा चेतना अभिवृद्धि भएको र वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणमा प्रभावकारी कार्य सम्पादन भएकाले संरक्षण कार्य सफल भएको निकुञ्जको निष्कर्ष छ ।
विसं २०७१ साउन १ गतेदेखि २०७२ असार मसान्तसम्म आव २०७१÷७२ को एक वर्षकोे अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र तथा जिल्ला वन कार्यालयको क्षेत्र गैँडाको सिकार भएको छैन ।
यो समयमा गैँडालगायतका वन्यजन्तु तथा वन पैदावारसम्बन्धी चोरी सिकार÷निकासी तथा अवैध व्यापारमा संलग्न ७३९ जनाभन्दा बढी अभियुक्त पक्राउ गरिएको समेत निकुञ्ज्ले जनाएको छ ।
अझै १०० जति फरारको सूचीमा रहेको पौडेलले बताउनुभयो । यसअघि तीन पटक निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाइ सकिएको छ । हाल आएर २०७१ वैशाख २० गतेदेखि २०७२ असार मसान्तसम्म ४३५ दिनसम्म चौथो शून्य चोरी सिकार मनाउन सफल भएको निकुञ्जले जनाएको छ ।
हाल विश्वमा करिब तीन हजारको सङ्ख्यामा रहेको एकसिङ्गे गैँडा नेपाल र भारतको सीमित निकुञ्ज÷आरक्ष र वरिपरिको क्षेत्रमा मात्र पाइन्छ । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैँडाको मुख्य वासस्थान हो ।
सन् २०१५ को गणनाबाट यस निकुञ्जमा गैँडाको सङ्ख्या ६०५ रहेको छ । चोरी सिकार नियन्त्रणका लागि निकुञ्ज कार्यालयमा चोरी सिकार प्रतिरोध एकाइ स्थापना गरी सुराकी परिचालन, सुराक सङ्कलन गर्न कार्य गरिएको निकुञ्जले जनाएको छ ।
चोरी सिकारमा संलग्न व्यक्तिको पहिचान गरी कानुन कार्यान्वयन गर्ने निकायको समन्वय र सहयोगमा पक्राउ गरेर कानुनी दायरामा ल्याई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम दण्ड सजाय गरिँदै आएको छ ।
यो सफलता हासिल गर्न निकुञ्जमा ५३ वटा स्थायी पोस्ट संयुक्तरुपमा तैनाथ हुँदै आएकामा हालका दिनमा १०२ वटा पोस्टमा सुरक्षा तैनाथ गरिएको पौडेलले बताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया