विदेशमा भए पनि कला र संस्कृतिको प्रबर्धन गर्न कुनै कसर छोडेको छैन : पुस्कर पन्त ,कलाकार तथा चलचित्र निर्माता

इनेप्लिज २०७२ साउन २ गते ०:३१ मा प्रकाशित

puskar pantपछिल्लो दशक देखि कलाकारहरु विदेशिने क्रम झन् बढ्दो छ l अन्य कुनै पनि पेसाका मानिस बिदेसिञ्छ्न भने झ्याली पिटीदैन तर कलाकारहरु बिदेसिने भए भने संचार माध्यमको मुख्य पृष्ठ तथा महत्वपूर्ण समाचार बन्ने गर्छ l

बिश्वका सबै मानिस अपबाद बाहेक सपनाको संसार अमेरिका आउने अन्तिम ईक्षा हुन्छ l यहि सपनाको संसार अमेरिका नेपालका अनगिन्ती कलाकारहरु भित्रिएका छन् l र यो क्रम कहिले पनि रोकिने छैन l अमेरिकाले सबैलाई मोहनी लाएको छ l कलाकारलाई यो देशले दिएको सुबिधा र सम्मान स्वरुप बसोबासको चाजो मिलाई दिने कानुनी प्राबधानको कारण नेपाली कलाकारहरु आकर्षित हुनु स्वाभाविक हो l

र यहि कलाकारिताको मध्यमबाट झन्डै १२ बर्ष अगाडी अमेरिका आएका कलाकार तथा चलचित्र निर्माता पुस्कर पन्तले ईनेपलिज डटकमको गफगाफमा आफु विदेशमा भए पनि कला र संस्कृतिको प्रबर्धन गर्न आफु भित्र कहिले पनि गरिब मानसिकता नभएको बताए l यसको लागि आफुले कुनै पनि कसर नछोडेको बताए l

puskar and b

२५ बर्ष देखि कला क्षेत्र लागेका पन्तले कलाकारिता भन्ने चिज कहिले नमर्ने बताए l यसको लागि आफुले लामो समय सम्म अभिनय गरेकोले गत बर्ष आफु निर्माता भै नेपाली कथानक चलचित्र ‘ठुली’ नेपाल अधिराज्यभर हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा भाद्र ६ गते र अमेरिकामा भाद्र २२ गते प्रदर्शन गरेको बताए l

परदेशमा व्यस्त जीवनको बाबजुद कला र संस्कृतिको प्रबर्धन र संरक्षणको लागि आफुले नेपालबाट आएका कलाकार तथा यहाँ हुने कार्यक्रममा आफुले भरपुर सहयोग गर्ने गरेको बताए l

उनि हास्य व्यंग्यका निकै चर्चित कलाकार पनि हुन् l उनले अहिले सम्म झन्डै १ सय वटा सानो पर्दाका नेपाली धारावाहिकमा अभिनय गरि सकेको बताए l तितो सत्य ,ट्वाक्क टुक्क ,हिजो आजका कुरा ,प्रहरी कार्यक्रम तथा अरु थुप्रै नेपाली सानो पर्दामा कलाकारिता प्रदर्शन गरि सकेका छन् l

puskar 2

प्रतिक्रिया