चार किलो सुनसहित पक्राउ

इनेप्लिज २०७२ साउन १ गते १३:४८ मा प्रकाशित

gold_20130831091152काठमाडौँ, १ साउन । साउदी अरबको शारजाहाबाट काठमाडौँ आएका भारतीय ५७ वर्षीय रामनिवास बर्मालाई अवैध रुपमा ल्याएको चार किलो सुनसहित प्रहरीले आज पक्राउ गरेको छ ।

एयर अरेबियाको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै भन्सार पार भएपछि आगमन द्वारमा प्रहरीले जाँच गर्ने क्रममा सुनसहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बर्माले शरीरभित्र लुकाइछिपाइ चार टुक्रामा उक्त परिमाणको सुन ल्याएका थिए ।

राहदानी नं ८२५२९५९५ मन बर्माका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया