जङ्गली च्याउ खाँदा एकै परिवारका सात सिकिस्त बिरामी

इनेप्लिज २०७२ साउन १ गते ४:३७ मा प्रकाशित

musrumपाँचथर, १ साउन । जङ्गली च्याउ खाँदा जिल्लाको फाक्तेप गाविसका एकै परिवारका सातजना सिकिस्त बिरामी परेका छन् ।

फाक्तेप–६ का सातको परिवार भएका हेमबहादुर चेम्जोङसहित उनकी श्रीमती, तीन छोरा र दुई छोरी बिरामी परेका हुन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएका उनीहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्थानीयवासी सुन्दर चेम्जोङले जानकारी दिनुभयो ।

प्रतिक्रिया