आइतबार, जेठ ८ २०७९
काठमाडौं १४:२१
वासिङटन डिसी 04:36

सिकेविकेमा एक लाख पाँच हजारको अक्षयकोष स्थापना

इनेप्लिज २०७२ साउन १ गते १:३७ मा प्रकाशित

तनहुँ, १ साउन । तनहुँको बन्दिपुर नगरपालिका–१ पिप्लेस्थित चिजकुमार विष्णुकुमारी क्याम्पस सिकेविकेमा रु एक लाख पाँच हजारको अक्षयकोष स्थापना गरिएको छ ।

बन्दिपुर नगरपालिका–१ निवासी भक्तकुमार तथा चिजामाया पियाले उक्त अक्षयकोष स्थापना गर्नुभएको हो । उक्त रकम बराबरको चेक भक्तकुमारले क्याम्पसका अध्यक्ष मानकाजी पियालाई हालै हस्तान्तरण गर्नुभयो ।

उक्त अक्षयकोषको रकमबाट आउने ब्याजबाट प्रत्येक वर्ष गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने क्याम्पस प्रमुख नवराज सिग्देलले बताउनुभयो ।

प्रतिक्रिया