शुक्रबार, असार ११ २०७८
काठमाडौं ०८:३३
वासिङटन डिसी 22:48

लस एन्जल्समा प्रस्तावित संबिधान माथी सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम हुने

इनेप्लिज २०७२ असार ३१ गते १८:३४ मा प्रकाशित

nrn usa एनआरएन एनसिसि अफ अमेरिकाको आयोजनामा जुलाई १७ तारिख साँझ ८.०० बजे लस एन्जल्समा नेपाल अधिराज्यको प्रस्तावित संबिधानमाथी सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको एनआरएन एनसिसि अफ अमेरिकाको सह-सचिव संगीता लम्साल सिवाकोटीले बताउनु भयो । उक्त कार्यक्रममा एनआरएन आईसिसिका उपाध्यक्ष एवं सफल युवा ब्यबसायी भवन भट्ट र एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल अतिथिको रुपमा उपस्थित हुनु हुनेछ ।

प्रस्तावित संबिधानमा कसैको सुझाव भएमा कार्यक्रममा राख्न सकिने छ । प्राप्त सुझावहरुलाई सम्बन्धित निकाय मार्फत सुझाव संकलन समितिमा पठाइने एनआरएन आईसिसिका सदस्य राजेन्द्र सिवाकोटीले बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा भावी संबिधानमा गैर आवासीय नेपालीहरुको हक कसरी स्थापित गर्न सकिन्छ भनि बिबिध विषयमा छलफल गरिने छ । कार्यक्रम India Grill, 5373 Katella Ave., Los Alamitos, CA 90720 मा साँझको ८.०० बजे हुन गई रहेको छ । कार्यक्रम सम्बन्धि थप जानकारी आबस्यक भएमा संगीता लम्साल सिवाकोटी (५६२-२९३-५७६१) र रामबाबु पाण्डे (५६२-४१३-६८००) लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया