कञ्चनपुर, ३१ असार । कञ्चनपुरको मध्य भाग भएर बग्ने स्याली नदीको बाढीले जग्गा कटान गरी धार परिवर्तन गर्न लागेपछि नदी नियन्त्रण गर्न माग गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य गोपाल गुरुङले स्याली नदीले धार परिवर्तन गर्न लागेकाले नियन्त्रणका लागि तत्काल पहल गरिनुपर्नेमा जोड दिनुभयो ।
नदीले धार परिवर्तन गरी देखतभूलीको चाँनदेउ, संकरपुरको सोभाताल, बेलौरी नगरपालिकाको शान्तिपुर क्षेत्रलाई उच्च जोखिममा पारेको भन्दै उहाँले नदी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, जनताको तटबन्ध कार्यालय र जलउत्पन्न कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाएको बताउनुभयो ।
प्रतिक्रिया