ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय उनन्साठी सवारी कारबाहीमा
रत्ननगर (चितवन), ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २४ घन्टाको अवधिमा नियम उल्लङ्घन गर्ने १५९ सवारीलाई कारबाही गरेको छ ।
चितवनका विभिन्न क्षेत्रमा भएको आज बिहानसम्मको जाँचका क्रममा सवारी उल्लङ्घन गर्ने ती सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी हबलदार नयनबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कारबाहीबाट रु ७७ हजार ५०० राजस्व सङ्कलन भएको छ । नियम उल्लङ्घन गर्नेमा सबैभन्दा बढी ट्रक र मोटरसाइकल रहेको छ । बिनाहेलमेट चलाउने, कागज र लाइसेन्स नबोक्ने बढी रहेको प्रहरीले जनाएको छ । जसमा दुईजना मापसे कारबाहीमा परेका छन् । कारबाहीमा ६३ वटा मोटरसाइकल, ६४ वटा ट्रक परेका छन् । यस्तै १७ बस, चारवटा जिपकार र टेम्पु–ट्र्ययाक्टर लगायतलाई समेत कारबाही गरिएको छ ।
ट्राफिक प्रहरीले जिल्लामा दैनिकजसो सवारी जाँचलाई कडाइ गरेको छ । यसैबीच प्रहरीले बढी लोड बोक्ने ११ वटा ट्रकलाई समेत कारबाही गरेको छ । क्षमताभन्दा बढी बोकेका ११ ट्रकलाई प्रतिट्रक एक हजारका दरले जरिवाना गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने कागज गरेर पठाइएको प्रहरी हबलदार भण्डारीले बताउनुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया