चितवनमा रगतको अभाव
चितवन, ३१ असार । वर्खायाम सुरु भएसँगै चितवनमा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार करिब १५ दिनयता केन्द्रमा रगतको अभाव देखिएको हो ।
बढ्दो गर्मी, बर्सातको समय, खेतीपातीमा रक्तदाताको व्यस्ततालगायत कारण रगतको अभाव भएको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले बताउनुभयो ।
चितवनमा दैनिक करिब डेढ सय युनिट रगतको माग भए पनि सो माग पूर्ति गर्न नसकेको उहाँको भनाइ छ । यो समयमा अस्पतालमा बिरामीको चाप बढ्ने हुँदा रगतको माग बढी हुने तर रक्तदान कार्यक्रम कम सञ्चालन हुने गर्दछ । रगतको अभाव भएपछि रक्तदान गर्ने सङ्घसस्थालाई रगत सङ्कलन गर्न कार्यालयले अपिल गरेको प्रमुख पौडेलले बताउनुभयो ।
रगतको अभाव भएपछि अति आवश्यक पर्नेहरुले आफैंले रक्तदाता खोजेर रगतको पूर्ति गरिरहेका छन् भने स्वयम्सेवकले समेत सहयोग गरिरहेको केन्द्रले जनाएको छ ।
जिल्लामा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बढी रगतको आवश्यक पर्ने हुन्छ भने यहाँका ठूला दुई मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र निजी अस्पतालमा पनि पछिल्लो समय हुने गरेका शल्यक्रियाका कारण रगतको माग बढ्दो छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया